५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस महामन्त्रीसँग बेलायती विद्यार्थीहरूको जलवायुबारे चासो

अ+ अ-

काठमाडौँ। बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा अध्ययनरत दुई नेपालीसहित ११ जना विद्यार्थीहरूले नेपालको राजनीतिक, आर्थिक, सामाजिक र जलवायुबारे चासो राखेका छन् ।

उनीहरू मंगलबार काँग्रेस पार्टी मुख्यालय पुगेर महामन्त्री गगन कुमार थापासँग ‘अन्तरदेशीय बहस’मा चासो व्यक्त गरेको काँग्रेसका युवा नेता सचिन तिमिल्सिनाले बताए ।

उनका अनुसार ‘अक्सफोर्ड डिप्लोम्याट सोसाइटी’मा आबद्ध अक्सफोर्ड विश्वविद्यालयका विद्यार्थीहरूले महामन्त्री थापासँग नेपाली राजनीतिमा युवा नेतृत्व, जलवायु संकट, आर्थिक प्रणाली र छिमेकी सहयोगबारे चासो दिएका थिए ।

उनीहरूको चासोबारे महामन्त्री गगन कुमार थापाले नेपाली राजनीतिमा युवाहरू अझै नेतृत्वमा आउन नसक्नुको कारण तीन टाउके नेताहरूले आफ्नो वरिपरि राजनीति घुमाइरहेको बताएका थिए । महामन्त्री थापाले भनेका थिए, ‘बेलायतमा कति धेरै प्रधानमन्त्री युवाहरू आइसकेका छन्। तर, नेपालमा भने उही तीन टाउके नेताहरूले राजनीतिलाई घुमाइरहेका छन् । यसकारण युवाहरू राजनीतिक नेतृत्व गर्न नसकेका हुन्।’

नेपालमा थुप्रै अवसरका ढोकाहरू खुल्लै रहेको भन्दै महामन्त्री थापाले दृढ संकल्प भएर काम नगर्नु नै नेता र नेतृत्वको कमजोरी रहेको बताएका थिए। यसका लागि नेपालले छिमेकी मुलुकहरू भारत, चीनलगायतसँग सम्बन्ध बनाउनु अपरिहार्य रहेको उनले बताएका थिए ।

बहसका क्रममा बेलायती नागरिक रूही हमलानीले मध्यपुर्वी देशमा मानव संशासन विभागमा काम गरेको भन्दै नेपाली कामदारप्रति उच्च सम्मान रहेको बताइन् । उनले भनिन्, ‘मैले मध्यपूर्वका खाडी मुलुकमा एचआरमा काम गरेकी छु। नेपाली कामदारहरू एकदमै परिश्रमी र इमान्दार हुन्छन्। उहाँहरूप्रति मेरो उच्च सम्मान छ।’

यस्तै अर्का बेलायती नागरिक एलेक्जेन्डर माइन्डसले गोरखा सैनिकको इमान्दारिता उच्च रहेको भन्दै उनीहरूको हक अधिकारको बारेमा काम गरिहरेको बताएका थिए । उनले भनेका थिए, ‘ मेरो परिवार पनि सैनिक क्षेत्रमा आबद्ध छ। गोरखा सैनिकहरू निक्कै इमान्दार र मेहनती हुन्छ। उहाँहरूको हक अधिकारको बारेमा काम गरिरहेको छु।’

अप्रिल ८ मा नेपाल आएका बेलायतको टोली अप्रिल १८ सम्म बस्नेछन् ।

प्रतिक्रिया दिनुहोस