३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लुम्बिनीलाई २-० ले पराजित गर्दै प्लेअफमा पुग्यो पोखरा 

अ+ अ-

काठमाडौँ । पोखरा थण्डर्स नेपाल सुपर लिग (एनएसएल) २०२५ को प्लेअफ पुग्ने तेस्रो टिम बनेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार भएको आफ्नो अन्तिम लिग खेलमा बुटवल लुम्बिनीलाई २–० ले पराजित गर्दै पोखरा प्लेअफमा पुगेको हो । पोखरालाई जित दिलाउन आयुष घालन र बीएस्सी विलियमले गोल गरे ।

दुवै टिमको लिगको अन्तिम खेल थियो । पोखरालाई प्लेअफ पुग्न जित आवश्यक थियो भने यसअघि नै बाहिरिसकेको बुटवल कम्तीमा एक जित निकाल्न चाहन्थ्यो ।

तर पोखराले राम्रो प्रदर्शन गर्दै खेलको नतिजा आफ्नो पक्षमा पारेको हो । खेलको दशौँ मिनेटमै आयुष घलानले गोल गर्दै पोखरालाई अग्रता दिलाएका थिए ।

त्यसपछि पनि पोखराले अग्रता बढाउने अवसर पाए पनि सदुपयोग गर्न सकेन । बुटवलले पनि पहिलो हाफमा बराबरी गर्ने अवसर पाउँदा फिनसिङ चुस्त रहेन ।

दोस्रो हाफमा पनि पोखराले एक गोल थप्यो । बीएस्सी विलियमले ५८औँ मिनेटमा गोल गरे ।

पोखराको जितपछि झापा एफसी अन्तिम खेलअघि नै प्लेअफ होडबाट बाहिरिएको छ । यस्तै ६ खेल नै खेलिसकको काठमाडौँ रेजर्सले भने अब प्लेअफ पुग्नका लागि चितवन र धनगढीबीच हुने अन्तिम खेलको नतिजा कुर्नुपर्नेछ ।

चितवन र धनगढीबीच लिगकै अन्तिम खेल बिहीबार हुनेछ । चितवनका लागि पनि प्लेअफ पुग्न उक्त खेल जित्नैपर्ने अवस्था बनेको छ ।

पोखराले अब एलिमिनेटर खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस