३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओलीलाई काँग्रेस उपसभापति खड्काले दिए दुई सुझाव

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । सडकमा आन्दोलन गरिरहेका शिक्षकलाई विद्यालयमा फर्काउन अब ढिला गर्न नहुने उनको भनाइ छ ।

सामाजिक सञ्जालमार्फत् मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका उपसभापति खड्काले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न तत्काल अग्रसरता लिन आग्रह गरेका हुन् ।

उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै दुई वटा सुझाव दिएका छन् । मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन गर्न सकिने विषयलाई तत्काल निर्णय गरी टुंगो लगाउन भनेका उनले विगतमा भएको सहमतिलाई केन्द्रमा राखेर बजेट अधिवेशनबाट ऐन निर्माणको काम टुंग्याउन सुझाएका छन् ।

‘कानुनी रूपमा मन्त्रिपरिषद्को निर्णयबाट सम्बोधन गर्न मिल्ने विषयहरूलाई तत्काल निर्णय गरेर टुंगो लगाउने,’ काँग्रेस उपसभापति खड्काले दोस्रो सुझावमा भनेका छन्, ‘संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा ऐनलाई शिक्षक महासंघसँग विगतमा भएको सहमतिलाई केन्द्रमा राखी बाँकी कुरा सहमतिको आधारमा मिलाएर अब चाँडै बस्ने संघीय संसद्को बजेट अधिवेशनबाट टुंगो लगाउने गरी सहमति गर्ने ।’

प्रतिक्रिया दिनुहोस