काठमाडौँ । सर्वोच्च अदालतले डेढ दशकअघिको बहुचर्चित युनिटी ठगी प्रकरणमा संलग्नहरूलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको छ ।
प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत र तिलप्रसाद श्रेष्ठको इजलासले युनिटीका सञ्चालकहरिलाई कैद सजाय गरेको हो । उनीहरूमाथि जरिवानाको फैसला पनि भएको छ ।
त्यतिबेला प्रतिबन्ध गरेको पिरामिड शैलीको व्यवसाय गरेको आरोपमा युनिटीका सञ्चालकहरूमाथि प्रहरीले ठगी मुद्दा चलाएको थियो ।
सर्वोच्च अदालतले युनिटीका अध्यक्ष काशीराम गुरुङसहित सञ्चालकहरू भीमबहादुर गुरुङलाई साढे २ वर्ष कैद सजाय भएको छ । उनले २५ हजार जरिवाना तिर्नुपर्नेछ ।
युनिटीका महाप्रवन्धक शिशिर योगीलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ । निर्देशक विश्वनाथ गौतमलाई पनि त्यति नै सजाय हुने भएको छ ।
अरु सञ्चालकहरू इन्द्रबहादुर विश्वकर्मा, नेत्र राजवंशी, कृष्णबहादुर क्षेत्र, महेन्द्र केसी, विष्णुबहादुर क्षेत्रीलाई साढे २ वर्ष कैद सजाय सुनाएको हो । कैद सजाय तोकिएको हरेकले २५ हजार रुपैयाँका दरले जरिवाना तिर्नुपर्नेछ । विष्णुबहादुर क्षेत्रीको भने यसअघि नै निधन भइसकेको छ ।