काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाई पाएका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गराएको छ ।
आयोगले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ बुटवलका तत्कालीन प्रदेश सचिव अधिकारी संग्लन रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्चमा पुनरावेदन गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।
उनले आर्थिक वर्ष २०७५/०७६ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि विकास कार्यक्रमतर्फ कृषि यान्त्रीकरण कार्यक्रम सञ्चालनको लागि सम्झौता पत्रमा उल्लेख भए बमोजिम मिनिटिलर खरिद नगरेको पाइएको छ ।
कम गुणस्तरको मिनिटिलर खरिद गरी सन्धिखर्क अर्घाखाँचीलाई वितरण गरेको पाइएको हुँदा उनीविरुद्ध विशेष अदालत,काठमाडौँमा आरोप पत्र दायर गरिएको थियो । विशेष अदालतले भने उक्त मुद्दामा सफाई दिइसकेकोमा आयोगलाई चित्त नबुझी, मंगलबार सर्वोच्चमा पुनरावेदन गरिएको हो ।
हेर्नुहोस् पत्र :
