काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल सचिवको पाँच वर्षे कार्यकाल सकेर घर गएका हुन्।
२०७७ वैशाख २ गते प्रशासन सेवाको विशिष्ट श्रेणी सचिवमा बढुवा भएका पोखरेल मंगलबार(हिजो)बाट सेवा निवृत्त भएका हुन् ।
पोखरेल अवकाशमा गएसँगै एक सचिव पद रिक्त भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहसचिव चन्द्रकला पौडेल, अर्थ मन्त्रालयका सहसचिव शोभाकान्त पौडेल र वन तथा वातावरण मन्त्रालयका सहसचिव भूपाल बरालमध्ये एक जना सचिवमा बढुवा हुनेछन् ।
यहीँ वैशाखमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह र महालेखा नियन्त्रक डा. गणेशप्रसाद पाण्डे पनि सेवा निवृत्त हुँदै छन्। सिंह वैशाख २५ र पाण्डे वैशाख ३० गते ५८ वर्षे उमेर हदका कारण घर जान लागेका हुन्।