३ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जाऔँ है गुराँस पार्क’ अभियान शुभारम्भ (तस्बिरहरू)

अ+ अ-

काठमाडौँ । रमणीय गुराँस पार्कको प्रवर्द्धन गर्ने उद्देश्यसहित पर्यटन प्रवर्द्धन मञ्च नेपालले ‘जाऔँ है गुराँस पार्क’ अभियान शुभारम्भ गरेको छ। बागमती प्रदेशका पूर्व संस्कृति तथा पर्यटनमन्त्रीसमेत रहेका प्रदेश सांसद दीपेन्द्र श्रेष्ठले नयाँ वर्षको दिन सोमबार गुराँस पार्कबाट अभियानको शुभारम्भ गरेका हुन्।

सोही अभियानको शुभारम्भमा नयाँ वर्षमा घुम्न आएका सांसद श्रेष्ठसहित जिरी नगरपालिकाका प्रमुख तथा जनप्रविधिहरू, काठमाडौं महानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष हिरालाल तण्डुकार, काठमाडौँबाट आएका पाहुना र स्थानीयको सहभागिता थियो । 

कार्यक्रममा जिरीका जिरेल महिला समूहले सांसद श्रेष्ठलगायत पाहुना टोलीलाई गुराँसको माला र परम्परागत नृत्यमार्फत न्यानो स्वागत गरेका थिए।

गुराँस पार्क अवलोकनपछि सांसद श्रेष्ठले त्यहाँ पर्यटनको प्रचुर सम्भावना रहेको बताए। ‘यो जस्तो सुन्दर दृश्य भएको पर्यटकीय स्थल मैले बिरलै देखेको छु। प्रत्येक नेपाली आएर घुम्नु पर्छ भन्ने मैले लिएको छु’, उनले भने। 

सांसद श्रेष्ठको पहलमा आर्थिक वर्ष २०८१/८१ गुराँस पार्कको पूर्वाधार निर्माणका लागि १० लाख बजेट विनियोजन भएको थियो।काठमाडौँबाट आएका पाहुना भक्तशंकर श्रेष्ठले गुराँस पार्कलाई जिरीको मात्रै नभएर नेपालकै उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्न सकिने पनि उल्लेख गरे।

जाऔँ है गुराँस पार्क’ अभियान युवा उद्यमी लिलाराम खड्काको सक्रियतामा ‘पर्यटन प्रवर्द्धन मञ्च, नेपाल’को ब्यानरमा आयोजना गरिएको हो। 

उद्यमी खड्का करिब डेढ दशकदेखि जिरी–दोलखालगायत नेपालको ग्रामीण पर्यटन विकास एव प्रवर्द्धनमा क्रियाशील छन्। यही सिलसिलाअन्तर्गत ‘जाऔँ है गुराँस पार्क’ अभियानको शुभारम्भ गरेको हो ।

यसअघि उसले ‘जाऔं है चेर्दुङ’ अभियान सुरु गरेको थियो। जिरीको शिरमा रहेको हिलस्टेसन चेर्दुङमा अहिले पर्यटकीय चहलपहल बढेको छ। 

‘गुराँसपार्कमा पनि आन्तरिक र बाह्य पर्यटकलाई तान्न हामीले अभियान चलाएका हौं’, अभियानका संयोजक खड्का भन्छन्, ‘हामी विशेषतः प्रचारात्मक कार्यक्रममा जोड दिनेछौ। गुराँस पार्क र चेर्दुङको भिडियो र ब्रोसर पनि बनाउँछौं।’

दोलखाको रमणीय उपत्यका जिरीको शिरमा छ, गुराँस पार्क २,७०० मिटर रहेको छ । रगविरंगका गुराँस फुलेर पार्कहरू ढकमक्क भएको छ। वन क्षेत्रको मध्यभागमा रहेको पार्कमा कृत्रिम पोखरीसहित पिकनिकका लागि पूर्वाधार निर्माण गरिएको छ। यहाँ पिकनिक, हाइकिङ, क्याम्पिङ तथा गुराँस अवलोकनका लागि आन्तरिक पर्यटक आउन थालेका छन्।

प्रतिक्रिया दिनुहोस