काठमाडौँ। मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजका विरुद्ध जबरजस्ती करणी मुद्दा दर्ता भएको छ ।
प्राप्त जाहेरीका आधारमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिए ।
जाहेरवाला पक्षको दाबी पुष्टि हुने–नहुने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिने बोहोराले जनाएको छ ।