काठमाडौँ। काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वरमा रहेको एभरेष्ट अस्पताललाई ५० हजार रुपैयाँ जरिवाना तिर्न पत्र पठाएको छ ।
अस्पताल अनुगमन गर्दा हानिकारक फोहोरको उचित व्यवस्थापन नगरेको र सुधारको मौकालाई समेत बेवास्ता गरेपछि जरिवानाको पत्र पठाएको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।
रासायनिक फोहर मैला, औद्योगिक फोहर मैला, स्वास्थ्य संस्थाजन्य फोहर मैला, जोखिमपूर्ण फोहर मैला वा हानिकारक फोहर मैला जथाभाबी फाल्ने, राख्ने वा निष्कासन गर्ने वा गराउनेलाई ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना गराउन सक्ने कानुनी व्यवस्था छ ।
यही कसुर दोहोर्याएमा पहिलो पटक गरिएको जरिवानाको दोब्बर जरिवाना गरेर प्रचलित कानुनबमोजिम अनुमति रद्द गर्नका लागि सम्बन्धित निकायमा लेखी पठाउन सक्ने व्यवस्था छ ।