७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाइने

अ+ अ-

काठमाडौँ । वातावरण विभागले प्रदूषण नियन्त्रणका लागि अनुगमन बढाउने जनाएको छ ।  विभागले नेपालमा विशेष गरी मङ्सिरदेखि जेठसम्म वायु प्रदूषण उच्च हुने गरेकाले प्रदूषण न्यूनीकरणका लागि सवारीसाधन तथा उद्योगको अनुगमन बढाउने जनाएको हो । 

वायु प्रदूषणको मुख्य कारण उद्योग कलकारखाना र सवारीसाधनबाट निस्कने धुवाँ, निर्माण कार्य, खुला रूपमा फोहर तथा कुहिने अवशेष जलाउनु, घरबाट निस्कने धुवाँ धुलो आदि रहेको विभागको भनाइ छ । 

विभागका महानिर्देशक ज्ञानराज सुवेदीले वातावरणीय प्रदूषण गर्नेलाई कडाइका साथ अनुगमन तथा नियमन गरेर प्रदूषण न्यूनीकरणका तत्कालीन योजना कार्यान्वयन गर्ने जानकारी दिए ।

“लामो समयसम्म पानी नपर्दा एक साताअघि प्रदूषण बढेर आपत्कालीन अवस्थामा पुगेको थियो । अहिले वर्षासँगै एक सय १३ एक्युआइको हाराहारीमा प्रदूषण पुगेको छ । जबकि साता  दिनअघि ३७० एक्युआइ नाघेको थियो”, उनले भने, “वर्षाले प्रदूषणलाई राहत दिए पनि वर्षा रोकिएपछि प्रदूषण बढ्न सक्छ । नियन्त्रणका लागि हामी प्रदूषणको अवस्था उच्च हुँदा मात्रै होइन बाह्रै महिना प्रयासरत रहनेछौँ ।”

विभागले वन डढेलो लगाउनु सार्वजनिक अपराध भएकाले उक्त कार्य नगर्न, घरायसी ठोस फोहर तथा प्लाष्टिकजन्य फोहर तथा कृषिजन्य अवशेषहरू नजलाउन, सवारीसाधनको नियमित मर्मतसम्भार गर्न, उद्योग कलकारखाना तथा भान्सामा स्वच्छ ऊर्जाको प्रयोग गर्न, सडक तथा निर्माण कार्यबाट उड्ने धुवाँ धुलो नियन्त्रण गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस