६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘गभर्नरमा सबैको चासो हुनु स्वभाविक हो, चाँडै नियुक्त गर्छौँ’ : मन्त्री गुरुङ

अ+ अ-

काठमाडौँ । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चाँडोभन्दा चाँडो गभर्नर नियुक्ति हुने बताएका छन् ।

बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गभर्नर नियुक्तिको समस्या समाधानका लागि सत्ता साझेदार दलका प्रमुख नेताहरूबीच सहमति भएकाले चाँडै नियुक्त हुने बताएका हुन् ।

‘हिजोमात्रै दुईजना पार्टीका महत्त्वपूर्ण व्यक्तिहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच वार्ता भएर समस्याको समाधान गर्ने भनेर उहाँहरूले सहमति गर्नुभएको छ,’ गुरुङले भने, ‘आज संयन्त्रको बैठक बस्दै छ । आज संयन्त्रको बैठकले नीतिगत मार्गदर्शन गर्नेछ भन्ने विश्वास लागेको छ ।’

गभर्नरजस्तो महत्त्वपूर्ण पदमा सबै दलको चासो हुनु स्वभाविक भएको पनि उनले बताएका छन् ।

‘गभर्नर नियुक्ति ढिला भएकै छ । यो चाँडोभन्दा चाँडो नियुक्त गर्दैछौं । एक अरबका कति कुरा सुन्छौँ त्यो एक प्रतिशत पनि सत्यता छैन,’ उनले भने, ‘यो मिलीजुली सरकार हो, सरकारमा काँग्रेस एमालेसहित अन्य थुप्रै पार्टी छन् । यस्तो महत्त्वपूर्ण विषयमा आ-आफ्नो चासो हुनसक्छ ।’

प्रतिक्रिया दिनुहोस