७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित नभएसम्म आन्दोलन नरोकिने 

अ+ अ-

काठमाडौँ । नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित नभएसम्म आन्दोलन नरोकिने जनाएको छ ।

शिक्षा पत्रकार समूहले बुधबार काठमाडौँमा आयोजना गरेको अन्तरक्रियामा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदबाट विद्यालय शिक्षा विधेयक पारित हुने अवस्था नभएसम्म आन्दोलन नरोकिने बताएका हुन् ।

उनले विधेयक प्रतिनिधि सभाबाट पारित भए राष्ट्रिय सभाबाट पारित हुन र राष्ट्रपतिबाट प्रमाणीकरण हुन समय नलाग्ने जिकिर गरे । त्यसका लागि मिति तोकेर नै विधेयकको प्रक्रियालाई अघि बढाउनुपर्ने उनको भनाइ छ ।

अध्यक्ष सुवेदीले आन्दोलन निर्णायक नभएसम्म कुनै पनि शिक्षक विद्यालय नफर्कने स्पष्ट पारे । आन्दोलनलाई सफल बनाउन प्रत्येक शिक्षकबाट एक सय रुपैयाँ उठाउन सर्कुलर गरिएको र त्यही उठेको रकमबाट आन्दोलन चलिरहेको उनले बताए ।

उनले विद्यालय शिक्षा विधेयक अघि बढाउन विभिन्न राजनीतिक दलको ढोकामा गए पनि उनीहरूले वेवास्ता गरेका कारण अहिलेको अवस्था आएको उल्लेख गरे । आफूहरूको आन्दोलनका कारण पढाइमा पर्ने असरको क्षतिपूर्ति आफूहरू दिन तयार रहेको उनले बताए ।

अध्यक्ष सुवेदीले बाधा नपारिकन सुन्ने चरित्र राज्यको नभएकाले आफूहरूले कठोर आन्दोलन गर्नुपरेको बताएका छन् । 

प्रतिक्रिया दिनुहोस