काठमाडौँ । सरकारले संसद्को वर्षे अधिवेशन आह्वान गरेपछि शिक्षक महासंघले बैठक बोलाएको छ ।
मंगलबार राति सरकारले शिक्षकको माग अनुसार शिक्षा विधेयक पेस गर्ने गरी संसद बैठक आह्वान गरेपछि महासंघले बैठक डाकेको हो ।
महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले सरकारसँग अहिले कुनै संवादमा नरहेको बताइन् ।
बिहीबार भोलि बिहान बैठक बसेर आन्दोलनको समीक्षा र थप रणनीति बनाउने महासंघको तयारी छ । ऐन जारी नभएसम्म आन्दोलन नरोकिने अडान शिक्षकहरूको छ ।
महासंघको नेतृत्वमा २० चैतदेखि काठमाडौंमा शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । शिक्षकको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ ।