६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुमना श्रेष्ठको राजीनामा प्रस्तावले रास्वपाभित्र विवाद

अ+ अ-

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पार्टी पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सांसदको भूमिकामा केन्द्रित हुने प्रस्ताव अघि सारेकी छन्। कार्यवाहक सभापति डिपी अर्यालसमक्ष पेस गरेको प्रस्तावमा उनले ‘एक व्यक्ति, एक पद’ को सिद्धान्तलाई व्यवहारमा लागू गर्न चाहेको उल्लेख गरेकी छन्।

श्रेष्ठले सांसदको रूपमा सार्वजनिक नीति निर्माणमा ध्यान दिने र पार्टीको अभियानकारी जिम्मेवारी अरूलाई हस्तान्तरण गर्नुपर्ने बताएकी छन्। उनले पार्टी र संसदीय जिम्मेवारी फरक प्रकृतिका भएको भन्दै एउटै व्यक्तिले दुवै भूमिका निर्वाह गर्नु उपयुक्त नहुने धारणा राखेकी छन्। “सांसदले पार्टी पद समेत लिँदा गलत सन्देश जान्छ, त्यसमा नयाँ व्यक्ति आउनुपर्छ,” उनको भनाइ छ।

यद्यपि, शिक्षामन्त्री हुँदा पनि श्रेष्ठ सहमहामन्त्री पदमा कायमै थिइन्। त्यतिबेला पार्टी सभापति रवि लामिछाने उपप्रधानमन्त्री र श्रममन्त्री डिपी अर्याल उपसभापति थिए। श्रेष्ठले एक व्यक्ति, एक पदको बहस पहिलेदेखि चल्दै आएको भन्दै अब रास्वपाले यो मान्यता कार्यान्वयन गर्नुपर्नेमा जोड दिएकी छन्। उनले उपसभामुख इन्दिरा राना र प्रमुख सचेतक सन्तोष परियारजस्ता विशेष समुदायका नेताहरूलाई भने यो नियमबाट छुट दिन सकिने प्रस्ताव गरेकी छन्।

यो प्रस्तावले रास्वपाभित्र मिश्रित प्रतिक्रिया निम्त्याएको छ। केहीले श्रेष्ठको कदम सिद्धान्तनिष्ठ भएको तर्क गरेका छन् भने धेरै केन्द्रीय सदस्यहरूले पार्टी नेतृत्व संकटमा रहेको र नागरिकमा निराशा बढिरहेको बेला उनको प्रस्तावले गलत सन्देश जाने भन्दै आलोचना गरेका छन्। एक नेताले भने, “सुमनाजीको नियत खराब नहोला, तर यो निर्णय अराजनीतिक छ। सांसद पद पार्टीको समर्थनबाट प्राप्त भएको हो, यस्तो बेला भाग्ने होइन, प्रतिवाद गर्नुपर्छ।”

यसअघि गत १७ चैतमा रवि लामिछाने सभापतिमा पुनर्बहाली हुँदा पनि श्रेष्ठले राजीनामा प्रस्ताव गरेकी थिइन्। लामिछानेले तत्कालका लागि यो विषय थाती राख्न सुझाएपछि उनी रोकिएकी थिइन्। तर, अहिले लामिछाने कारागारमा रहेकै बेला उनले राजीनामा अघि बढाएकी छन्।

प्रतिक्रिया दिनुहोस