६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवा स्वरोजगार प्रवर्द्धनमा हेटौँडा उपमहानगरको सक्रियता : सैलुन सञ्चालनमा एसी सहयोग

अ+ अ-

काठमाडौँ । हेटौँडा उपमहानगरपालिका स्थानीय तहमै युवालाई स्वरोजगारमा प्रोत्साहन गर्ने अभियानमा सक्रिय देखिएको छ।

स्वरोजगारलाई प्रवर्द्धन गर्न र युवाको उद्यमशीलता अभिवृद्धिमा स्थानीय सरकारको भूमिकालाई थप सशक्त बनाउने प्रयास स्वरूप उपमहानगरले हेटौँडा–४ मा नवप्रवर्तित सैलुन व्यवसायमा सहयोग गर्ने तयारी थालेको हो।

उपमहानगरले ‘द नाइन्टिन सैलुन’ मा उपकरण सहयोगका लागि प्रक्रिया अघि बढाएको छ, जसलाई स्थानीय तहबाट युवाको सीप र श्रमलाई संस्थागत गर्ने सकारात्मक अभ्यासका रूपमा लिइएको छ।

उक्त सैलुनको उद्घाटन कार्यक्रममा सहभागी भएकी उपमहानगरपालिकाकी नगर प्रमुख मिना कुमारी लामाले गर्मीको समयमा व्यवसाय सञ्चालनमा हुने कठिनाइलाई सम्बोधन गर्दै एसी जडानमा उपमहानगरको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन्। सोही प्रतिबद्धता स्मरण गराउँदै सञ्चालक सुसन घलानले एक थान एसी र एक थान इन्भर्टरको माग गर्दै औपचारिक निवेदन पेस गरेका थिए।

सञ्चालक घलानका अनुसार, गर्मीयाम सुरु भएसँगै ग्राहकहरूको चाप बढ्दै जाँदा सेवा प्रवाहमा सहजता ल्याउन यस्ता उपकरण आवश्यक भएको बताए। उनले नगर प्रमुखको प्रेरणादायी प्रतिबद्धता अनुसार व्यावसायिक सेवा प्रवाहको गुणस्तर अभिवृद्धिमा सहयोगको अपेक्षाका साथ निवेदन दिइएको जनाए।

निवेदन प्राप्त भएपछि उपमहानगरले सम्बन्धित शाखालाई आवश्यक सामग्रीको लागत अनुमान तयार गर्न तोक आदेश दिएको छ। सो आदेश सार्वजनिक भएसँगै यो विषय सामाजिक सञ्जालमा बहसको विषय बनेको छ। कतिपयले निजी व्यवसायमा यसरी सहयोग गर्नु उचित नभएको तर्क गरेका छन् भने, धेरैले युवाको स्वरोजगारप्रतिको प्रयासमा स्थानीय सरकारले साथ दिएको भन्दै सकारात्मक टिप्पणी गरेका छन्।

हेटौँडा उपमहानगरपालिकाकी मेयर यसबारे प्रतिक्रिया दिँदै भन्छिन्, “हामीले गरिखाने युवालाई प्रोत्साहित गर्ने अभिप्रायले मात्रै यो प्रक्रिया अघि बढाएका हौँ । अहिले त केवल लागत अनुमान माग गरिएको हो, सहयोग दिने वा नदिने निर्णय भएको छैन ।” उनले एसी विलासिताको विषयजस्तो देखिए पनि व्यवसाय सञ्चालनको व्यावहारिक पक्षलाई ध्यान दिएर निर्णय लिइएको बताइन् ।

उपमहानगरको यो पहललाई स्थानीय विकासको अर्को नमुना अभ्यासका रूपमा लिन सकिन्छ, जसले युवालाई आत्मनिर्भर बनाउने मार्गमा साथ दिएको संकेत गर्छ । स्वरोजगारका लागि गरिने यस्ता सशक्त प्रयासले दीर्घकालीन रूपमा रोजगारी सिर्जना, आर्थिक सशक्तीकरण र समावेशी विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस