झापा । ठगी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका-१ बस्ने ६१ वर्षीय नर बहादुर विक रहेका छन् ।
प्रहरीका अनुसार विक ठगी मुद्दामा जिल्ला अदालत झापाको २०५७ भदौ ४ गतेको फैसला उल्टी हुने ठहरी तत्कालीन पुनरावेदन अदालत इलामबाट २०५८ माघ २२ गतेको फैसला अनुसार १ वर्ष कैद र ५३ हजार ३ सय ३३ रुपैयाँ ३३ पैसा जरिवाना फैसला सुनाइएको थियो । उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले मंगलबार बेलुकी पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।