६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेरुजु आउनै नदिने गरी काम गर्न कर्मचारीलाई मन्त्री दाहालको निर्देशन

अ+ अ-

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कार्यसम्पादन, विकास निर्माण र स्रोत परिचालन पारदर्शी र मितव्ययी बनाउन कर्मचारीलाई निर्देशन दिएका छन् ।

मन्त्रालयले बिहीबार भैरहवामा आयोजना गरेको बेरुजू फर्स्योट सम्बन्धी कार्यशालामा उनले कार्यसम्पादन क्रममा सकेसम्म बेरुजु नै आउन नदिन र आएको भए फर्स्योटतर्फ समेत ध्यान दिन निर्देशन दिए ।

नागरिकले हरेक सेवामा सुशासन र पारदर्शिता अपेक्षा गर्ने र सरकारले समेत आर्थिक अनुशासनलाई प्राथमिकता दिएकाले आफ्ना हरेक कामको उत्तरदायित्व निर्वाह गर्न समेत आग्रह गरे ।

कतिपय आयोजना समयमा पूरा नहुने, अलपत्र हुने तथा रुग्ण भएर बस्ने जस्ता समस्या देखिएको भन्दै त्यसतर्फ पनि हरेक कार्यालय र कर्मचारीले ध्यान दिनुपर्ने बताए ।

नेपाल अहिले निर्माणको चरणमा रहेको भन्दै मन्त्री दाहालले सुरु गरिएका आयोजना तोकिएकै समयमा पूरा हुने गरी कार्यक्षेत्रमा परिचालित हुन कर्मचारीलाई सुझाव दिए ।

कर्मचारीको कार्यसम्पादनबाट नै नागरिकले सरकारको महसुस गर्ने भएकाले सरकारको आभाष दिलाउने गरी काम गर्न उनको आग्रह छ । नेपालमा केही भएन, हुँदैन र हुन सकेन भन्ने जस्ता गलत भाष्य निर्माण गर्न खोजिएको भन्दै मन्त्री दाहालले सरकारले गरेका काम, प्रभाव र परिवर्तन नागरिकसम्म लैजान आवश्यक रहेको बताए ।

संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय पोखराको संयोजनमा भएको कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले आयोजना अलपत्र पार्ने, समयमा पूरा नगर्नेजस्ता कार्य अब हुन नदिने बताए ।

सडक आयोजना निर्माण गर्दा सर्वसाधारणलाई सकेसम्म कम समस्या पर्ने र यातायात अवरुद्ध हुन नदिने गरी काम गर्नसमेत कर्मचारी तथा प्राविधिकलाई निर्देशन दिए ।

कार्यक्रममा सडक विभागका महानिर्देशक रामहरि पोखरेल तथा कार्यकारी निर्देशक गणेशबहादुर केसीले बेरुजू व्यवस्थापन, सडक तथा पुल निर्माण एवं मर्मतको अवस्था र आवश्यकताबारे कर्मचारीलाई प्रशिक्षणमूलक जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस