६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्यानमारले दियो पाँच हजार कैदीलाई आममाफी

अ+ अ-

काठमाडौँ । म्यानमारको सैन्य सरकारले नयाँ वर्षको उपलक्ष्यमा करिब पाँच हजार कैदीलाई आममाफी अन्तर्गत बाँकी सजाय मिनाहा गरी उनीहरूलाई रिहा गर्ने बिहीबार घोषणा गरेको छ ।

सन् २०२१ मा म्यानमारको सेनाले त्यहाँको निर्वाचित सरकार र निर्वाचनमा दुई तिहाइभन्दा बढी समर्थन प्राप्त आङ् साङ सूचीको नेशनल लिग फर डेमोक्र्यासी पार्टीका नेता तथा दलका निर्वाचित सांसदलाई नियन्त्रणमा लिई सेनाप्रति बफादार व्यक्तिलाई सरकार प्रमुख बनाएको थियो ।

सेनाको ‘कू’ पछि लोकतान्त्रिक अभ्यासमाथि अङ्कुश लगाउँदै भएको दलविरोधी अभियानले देशलाई बहुपक्षीय गृहयुद्धमा फसाएपछि जुन्टाले हजारौँ प्रदर्शनकारी र अधिकारकर्मीलाई पक्राउ गरेको नागरिक अधिकारवादी समूहहरूले बताएका छन् ।

म्यानमारमा राष्ट्रिय पर्व वा बौद्ध धर्मसम्बन्धी चाडहरूको अवसरमा आममाफी दिने प्रचलन रहेको छ ।

आनीबानीमा कुनै समस्या नदेखिएका व्यक्तिका लागि आममाफीको घोषणा गरिन्छ । सरकारले अपदस्थ नागरिक नेतृ आङ सान सुचीसहित अधिकांश उच्च–ओहोदाका राजनीतिक कैदीहरूलाई अझै पनि हिरासतमा राखेको छ ।

जुन्टाले जारी गरेको वक्तव्यमा चार हजार ८९३ जना कैदीलाई राज्य निर्माण प्रक्रियामा सहभागी हुन, जनताको मानसिक शान्तिका लागि र अनुकम्पाका आधारमा माफी दिइने उल्लेख छ ।

‘राज्यको तर्फबाट माफी व्यक्त गर्न’ जुन्टाले गम्भीर अपराध गर्नेहरू बाहेक अन्य कैदीहरूको सजाय छ भागको एक भाग घटाइ छुटका लागि योग्य कैदीलाई आममाफी दिइने बताएको छ ।

स्थानीय समयअनुसार बिहान ११स्३० बजे याङ्गुनको इन्सेन जेलको गेटबाट करिब ३० वटा बस बाहिरिएका एएफपी म्यान्मा प्रतिनिधिले जनाएका छन् ।

बसमा सवार सयौँमध्ये केही ढोकाबाहिर ओर्लिए र आफ्ना प्रियजनको नाम लेखिएको प्लेकार्ड बोकेका आँसुले भरिएका परिवारहरूसँग पुनर्मिलन गरे ।

जुन्टाले १३ जना विदेशी नागरिकलाई पनि उनीहरूको पहिचान वा अपराधको विवरण नदिई माफी दिने र देश निकाला गरिने बताएको छ ।

यस वर्ष १० देश सम्मिलित आसियान समूहको नेतृत्व गरिरहेका मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमलाई भेट्न बैंकक जाने क्रममा जुन्ता प्रमुख मिन आङ ह्लाइङले आममाफीको घोषणा गरेका हुन् ।

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) ले विगतमा शान्ति योजनामा प्रगति नभएको भन्दै जुन्टाका अधिकारीहरूलाई शिखर सम्मेलनमा भाग लिन प्रतिबन्ध लगाएको थियो।

तर अनवरले गत महिना गएको ७.७ म्याग्निच्यूडको भूकम्पपछि म्यानमार पठाइएको मलेसियाली मानवीय सहायता टोलीको सुरक्षाका विषयमा छलफल गर्न बिहीबार मिन आङ ह्लाइङलाई भेट्ने बताएका छन् । जुन्टाले उक्त बैठकको पुष्टि गरेको छैन ।

प्रतिक्रिया दिनुहोस