६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ले भने-‘गौतमबुद्ध विमानस्थल हरहमेसा चल्नुपर्छ’

अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हरहमेसा चल्नुपर्ने बताएका छन् ।

आफ्नै नेतृत्वको सरकारको पालामा धेरै मेहनत गरेर विमानस्थल सञ्चालनमा आएको उल्लेख गर्दै ‘प्रचण्ड’ले अहिलेको सरकारले घोषणा अनुसारका काम नगर्दा अप्ठेरो अवस्था आएको बताए ।

बिहीबार भैरहवामा उद्योग व्यापार संगठन भैरहवाको ज्ञापन-पत्र बुझेपछि पत्रकारहरूसँग कुरा गर्दै ‘प्रचण्ड’ले सरकार विभिन्न दबाबमा परेर विमानस्थलमा आवश्यक श्रम स्वीकृति, मेडिकल जाँच लगायतका कार्यालय स्थापना गर्ने घोषणा लागू नगरेको टिप्पणी गरे ।

ज्ञापन पत्रमा विमानस्थललाई तत्काल पूर्ण क्षमतामा नियमित रूपमा सञ्चालन गर्न आवश्यक नीति, पूर्वाधार र स्रोत व्यवस्थापन गर्नुपर्ने, अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानहरूलाई नियमित गर्न सरकारको पहलमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने, निजी तथा अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई यही विमानस्थल हुँदै उडान गर्न प्रोत्साहन दिने नीति तथा सहजीकरण (कर छुट, सेवा शुल्क छुट) गरिनुपर्ने र विमानस्थल सञ्चालनमा देखिएको प्राविधिक तथा प्रशासनिक समस्याहरूको शीघ्र समाधान गरिनुपर्ने माग छ ।

यस्तै, गौतमबुद्ध विमानस्थललाई दोस्रो मुख्य अन्तर्राष्ट्रिय प्रवेशद्वारको रूपमा विकास गर्ने राष्ट्रिय नीति तथा रणनीतिमा उच्च प्राथमिकता दिनुपर्ने, लुम्बिनी क्षेत्रको धार्मिक पर्यटनलाई जोड्दै विशेष पर्यटक प्याकेज विकास गरी विमानस्थलमा चाप बढाउने पहल गर्नुपर्ने संगठनले माग गरेको छ ।

यस्तै, विमानस्थलमा व्यापार र निर्यात प्रवर्द्धनका लागि एयर कार्गो सेवा विस्तार गर्नुपर्ने तथा स्थानीय र निजी क्षेत्रसँग सहकार्य गरी विमानस्थलको दिगो सञ्चालनको सुनिश्चितता गर्नुपर्ने संगठनको माग छ ।

ज्ञापन पत्रमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरी विमानस्थलको पहिचान प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्ने, वैदेशिक रोजगारमा जाने यात्रुहरूको लागि वन-स्टप सेवा केन्द्र (श्रम स्वीकृति, मेडिकल जाँच, ओभरसिज इम्प्लोइमेन्ट इजाजत, बीमा, इम्बार्केशन, काउन्सेलिङ आदि एकै स्थानबाट उपलब्ध हुने) स्थापना गर्नुपर्ने, वैदेशिक रोजगार विभागको क्षेत्रीय कार्यालय स्थापना गर्नुपर्ने र विमानस्थलमा श्रमिक सहायता काउन्टर स्थापना गर्नुपर्ने पनि उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस