काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरमा कुरा मिलिसकेको बताएका छन् ।
बिहीबार बिहान काँग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बसेको थियो । बैठकमा नेताहरुले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइ र नियुक्त हुने पात्रबारे समेत जिज्ञासा राखेका थिए ।
जवाफमा सभापति देउवाले गभर्नरको कुरा मिलिसकेको बताएका थिए । ‘यसमा कुरा मिलिसक्यो, मैले प्रधानमन्त्रीसँग कुरा गरिसकेँ भनेर सभापतिले जानकारी दिनुभयो’, बैठकका सहभागी एक नेताले भने ।
ती नेताका अनुसार सभापति देउवाले गभर्नरको अडानबाट एमाले पछाडि हटेको सन्देश दिएका थिए ।
काँग्रेस र एमालेले अडान नछोड्दा गभर्नर नियुक्त हुन सकेको छैन ।