काठमाडौँ । बेलायतमा कार्यरत जनस्वास्थ्यविद् डा. ओमप्रसाद गौतम विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को सल्लाहकार समिति (एड्भाजरी कमिटी)मा उपाध्यक्ष नियुक्त भएका छन्।
स्वास्थ्यका लागि व्यवहारगत विज्ञानका क्षेत्रमा सल्लाह दिने डब्लुएचओ प्राविधिक सल्लाहकार समितिमा उनी उपाध्यक्ष नियुक्त भएका हुन्।
समितिमा विभिन्न १५ मुलुकबाट १६ जना विज्ञलाई सल्लाहकारका रूपमा नियुक्त गरिएको छ।
उनीहरू जनस्वास्थ्य, मनोविज्ञान, मानवशास्त्र, अर्थशास्त्र लगायतका विभिन्न सामाजिक तथा व्यवहारगत विज्ञान क्षेत्रका अनुभवी तथा दक्ष विज्ञहरू हुन्। संसारभरका विभिन्न ७१ मुलुकबाट प्राप्त ३ सय ४० आवेदनबाट विज्ञता र दक्षताका आधारमा १६ जना सल्लाहकार नियुक्त गरिएको संगठनले जनाएको छ।