६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कमल थापाले भने-‘तीनकुने घटनामा पक्राउ परेकालाई तत्काल छाडियोस्’ 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले तीनकुने घटनामा पक्राउ परेकाहरूलाई रिहा गर्न सरकारसँग आग्रह गरेका छन् ।

पक्राउ परेकाहरू अराजक र हिंसात्मक गतिविधिमा संलग्न नरहेको भन्दै उनले रिहा गर्न भनेका हुन् । गत १५ चैतमा राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक हुँदा एक सञ्चारकर्मीसहित दुई जनाको मृत्यु भएको थियो ।

यस्तै, व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति, राजनीतिक दलका पार्टी कार्यालय, सञ्चारमाध्यमहरूका कार्यालयमा आगजनी तथा तोडफोड भएको थियो । यस्तै, थुप्रै सरकारी तथा निजी सवारीसाधनहरू जलाइएको थियो भने व्यापारिक प्रतिष्ठानमा लुटपाट भएको थियो ।

अनसन बसेकाहरू प्रति ऐक्यवद्धदा जनाउन पोखरा पुगेका थापाले राप्रपा नेताहरू डा। धवलशम्शेर राणा, वीरेन्द्र मिश्र, पशुपति खड्का, मुनिन्द्रराज भण्डारीलगायतले तीनकुनेमा परिस्थितिलाई संयमित बनाउन बारम्बार आह्वान गरेको दाबी गरे ।

तीनकुने घटनापछि पक्राउ परेकाहरूको रिहाइको माग गर्दै पोखराको मुस्ताङ चोकमा रिले अनसनमा बसेकाहरूलाई थापाले भेटेका छन् । त्यसक्रममा उनले भने, ‘अनसन बसेका राष्ट्रवादी साथीहरू प्रति ऐक्यबद्धता जनाउन आज हामी पोखरा आइपुगेका छौँ ।’

प्रतिक्रिया दिनुहोस