काठमाडौँ । मलेसियाले गैरकानुनी रूपमा बसोबास गर्ने तीन जना नेपालीलाई निष्कासन गरेको छ। मलेसियाको अध्यागमन प्रहरीले उनीहरूलाई पक्राउ गरी निष्कासन गरेको हो।
निष्कासनमा पर्नेमा तामाङ, थारू, शर्मा र राना मगर थरका एक-एक जना रहेका छन्। उनीहरूलाई मालिन्दो एयरको विमानबाट नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ।
उनीहरूले मलेसियामा लुकीछिपी काम गरेको पाइएपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो। पक्राउ परेका उनीहरूमाथि अनुसन्धान गरी नेपाल निष्कासन गरिएको स्रोतको भनाइ छ।