काठमाडौँ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पतालको बोर्ड तोडफोडको आरोपमा मकवानपुर प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सुनिल गिरी, सफल अधिकारी, विशालराज महत, अस्मित अधिकारी, समुन्द्र दाहाल र राजकुमार घिमिरे छन् । पक्राउ पर्नेहरू नेपाली काङ्ग्रेस, रास्वपा र एकीकृत समाजवादीका नेताहरू रहेका छन् ।
बागमती प्रदेश सरकार मातहतमा रहेको प्रतिष्ठान र हेटौँडा अस्पताललाई अलग(अलग बनाउनुपर्ने माग सहित आन्दोलनरत समूहले गत चैत्र ३० गते अस्पताको बोर्ड तोडफोड गरेको भन्दै प्रहरीले आज उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
तोडफोडको घटनापछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज उनीहरूलाई छलफलको लागि बोलाएको थियो । उनीहरूलाई प्रहरी कार्यालय परिसरबाटै हिरासतमा लिइएको जनाईएको छ ।