६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सगरमाथामा कीर्तिमान बनाउने प्रतिस्पर्धा

अ+ अ-

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ७२ वर्षे दौरानमा प्रतिस्पर्धा, होडबाजी र कीर्तिमानका चाङ लागिरहेका छन् । सगरमाथा आरोहण आफैँमा जोखिम र संवेदनशील यात्रा हो । आरोहणका क्रममा कतिपय आरोहीले ज्यान नै दाउ लाउनुपर्छ । जोखिमपूर्ण यात्रा भए पनि सगरमाथामा नयाँ नयाँ कीर्तिमान बनाउने बढिरहेका छन् ।

तीसपटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउने कामीरिता शेर्पादेखि एकै सिजनमा तीन पटक सगरमाथा चढेर कीर्तिमान कायम गर्ने फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दुवै खुट्टा गुमाएका हरिबहादुर बुढासहित विभिन्न कीर्तिमान बनाउनेको सङ्ख्या लामै छ ।

हिउँचितुवाको उपनामले चर्चित स्वर्गीय आङ्रिता शेर्पाले बिनाअक्सिजन १० पटक सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । केही आरोहीले सबैभन्दा छोटो समयमा, सानो उमेरमा सगरमाथा चढेर नयाँ ‘रेकर्ड’ बनाएका छन् भने बिनाअक्सिजन आरोहण गरेर पनि विभिन्न कीर्तिमान कायम गरेका छन् ।

यसै सन्दर्भमा सगरमाथा आरोही टासी ग्याल्जेन शेर्पा २० दिनमा चार पटक सगरमाथा चढेर नयाँ कीर्तिमान बनाउने उद्देश्यले आरोहणमा निस्किएका छन् । ‘बीस दिनभित्र चार पटक सगरमाथा चढेर विश्व कीर्तिमान बनाउने मेरो उद्देश्य छ’, उनले भने । सन् २०१७ देखि आरोहणमा लाग्नुभएका शेर्पाले सगरमाथा चार पटक आरोहण गरिसक्नुभएको छ । आमादब्लम, चोयु, मकालु तथा चीनको सिसापाङ्मा हिमाल पनि चढेका छन् ।

सोलुखुम्बु खुम्बु पासाङ ल्हामु गाउँपालिका–४ का २८ वर्षीय टासीले सुरुमा सगरमाथा आरोहण, दोस्रो पटक आमादब्लम आरोहण गरे । उनका बुबाले सगरमाथा आरोहण गरेका थिए । बुबाकै प्रेरणाले आरोहणमा नयाँ रेकर्ड बनाउन लागेको उनले बताए । दावाफुञ्जु शेर्पाले आठ दिनमा तीन पटक सगरमाथामा चढेर कीर्तिमान बनाएका थिए ।

एटके एक्सपीडिसन कम्पनीमार्फत सगरमाथा आरोहणको नयाँ कीर्तिमान बनाउन त्यसतर्फ लागेको उनले बताए । टासीले सेभेनसमिट ट्रेक्स र फर्टिन पिक कम्पनीमा व्यावसायिक गाइडका रूपमा काम गरेका छन् । परिवारमा बुबा, श्रीमती एक छोरा एक छोरी छन् । टासीले सगरमाथाको चार पटक सफल आरोहण गरिसकेका छन् ।

सिनियर आरोहीले सगरमाथामा राखेको रेकर्ड तोडेर नयाँ रेकर्ड कायम गर्नेगरी आरोहण यात्रामा लागेको उनले उल्लेख गरे । नेपाललाई तेन्जिङ नोर्गे, आप्पा शेर्पा, बाबुछिरी, कामीरितालगायत कीर्तिमानी शेर्पाले विश्वभर परिचित गराएका छन् । आफूमा पनि उनीहरूले जस्तै सगरमाथामा रेकर्ड राख्ने उद्देश्य रहेको उनले बताए ।

टासीले सगरमाथाको रेकर्डपछि नेपालमा बढीभन्दा बढी विदेशी पर्यटक आकर्षण गर्ने अभियानमा केन्द्रित हुने विश्वास व्यक्त गरे । आफ्नो सगरमाथा यात्राका क्रममा भारत, चीन, अमेरिकालगायत विभिन्न मुलुकका नागरिकलाई चुचुरोमा पुर्‍याएको अनुभव सुनाउने टासीले आगामी दिनमा सात महादेशका अग्ला हिमाल चढ्ने योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस