६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनकुमारी हत्या प्रकरण: छ जना पक्राउ

अ+ अ-

सुनसरी । चुनकुमारी बुढाथोकीको हत्या प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय धरानमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाका अनुसार हत्याका आरोपीलाई झापाको काँकडभिट्टा तथा र मोरङ्का विभिन्न ठाउँबाट पक्राउ गरिएको हो । मृतक चुनकुमारीका श्रीमान् धनकुटाको महालक्ष्मी नगरपालिका–२ का ३१ वर्षीय प्रेमबहादुर बुढाथोकीलाई यही वैशाख ३ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको हो ।

चुनकुमारीको हत्यामा उनकै आफन्तजन संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक तिमल्सिनाले बताए । उक्त घटनामा मोरङको पथरी शनिश्चरे नगरपालिका–३ का २९ वर्षीय ढकेन्द्र बुढाथोकी, २५ वर्षीया सृष्टि बुढाथोकी र ४० वर्षीय केशवराज दाहाल, पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ का ३६ वर्षीय योगेन्द्र गौतम र २८ वर्षीय डेनु गौतमलाई पक्राउ गरिएको छ । भारतको आसाम तेजपुरका ३५ वर्षीय राजु थापामगर भने फरार रहेका छन् ।

प्रहरी उपरीक्षक तिमल्सिनाका अनुसार हत्या गरिएकी चुनकुमारी र प्रेमबहादुरबीच केही समयदेखि मनमुटाब र झगडा थियो । श्रीमान् प्रेमबहादुरको योजना अनुसार जङ्गलमा लगेर चुनकुमारीको हत्या गरिएको अनुसन्धानबाट खुल्न आएको उनले बताए।

हत्या गरिएको ठाउँबाट प्रहरीले तीन मोटरसाइकल समेत बरामद गरेको छ । चुनकुमारीको शव गत चैत २५ गते धरान उपमहानगरपालिका–६ पाचँकन्या सामुदायिक वनभित्र फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस