७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’को दाबी-‘सरकार बिचौलियाको चंगुलमा छ, भ्रष्टाचारको संरक्षण गरिरहेको छ’

अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बिचौलियाको चंगुलमा परेको आरोप लगाएका छन्।

कपिलवस्तुको बहादुरगञ्जमा आयोजित तराई-मधेश हुलाकी जागरण अभियानको सभालाई सम्बोधन गर्दै ‘प्रचण्ड’ले सत्ता साझेदार दलका नेताहरू मात्रै होइन सरकारकै मन्त्रीहरू असन्तुष्ट भएको र सरकारले आफ्नो बोझ आफैँ सम्हाल्न नसक्ने अवस्थामा पुगेको बताए।

उनले केही बिचौलियाहरूको चलखेलले विकास निर्माणका कार्यहरू अवरुद्ध भइरहेको जिकिर गरे। ‘देशमा विकासको गति तीव्र बनाउन बिचौलियाहरूको हस्तक्षेप रोक्न जरुरी छ,’ ‘प्रचण्ड’ले भने।

उनले अहिलेको सरकार भ्रष्टाचारीहरूलाई संरक्षण दिन बनेको आरोप पनि लगाए। ‘प्रचण्ड’ले कुलमान घिसिङ लगायतका योग्य व्यक्तित्वहरूलाई हटाएर सरकार गलत कार्यमा लागेको आरोप लगाए। योग्य कर्मचारीहरू हटाएर भ्रष्टाचारी र आसेपासे नियुक्त गरिएको उनको भनाइ थियो।

सभामा ‘प्रचण्ड’ले झापाबाट सुरु गरिएको हुलाकी जागरण अभियानले माओवादी केन्द्रभित्र नयाँ ऊर्जा र उत्साह ल्याएको दाबी गरे। उनले आफू भारत गएपछि हुलाकी मार्ग निर्माणको मार्ग प्रशस्त भएको उल्लेख गर्दै उक्त मार्ग नागरिकको आर्थिक समृद्धिसँग जोडिएको बताए। ‘प्रचण्ड’ले आफ्नो कार्यकालमा भ्रष्टाचारविरुद्ध व्यापक अभियान चलाएको स्मरण गराउँदै अहिले भू-माफियाहरूले राज्यको जमिन कब्जा गरी करोडौँ रुपैयाँको लुटतन्त्र चलाइरहेको आरोप लगाए।

किसानलाई प्राथमिकतामा नराखी देशको समृद्धि सम्भव नहुने बताउँदै उनले किसान हितमा ठोस काम गर्न सरकारसँग माग गरे।

भारतसँगको सम्बन्ध सुधार र चीन भ्रमणको क्रममा बन्द रहेका नाका खोल्ने सम्झौता गरेको जानकारी पनि उनले कार्यक्रममा दिए। अन्त्यमा, देशमा स्थायित्व र समृद्धिका लागि राजनीतिक शुद्धता र इमानदारी आवश्यक रहेको उनले स्पष्ट पारे।

कार्यक्रममा नेपाल समाजवादी पार्टीका केन्द्रीय सदस्य रहिस शाह, पूर्व सांसद इलियास मुसलमानलगायत नेता र कार्यकर्ता प्रवेश गरेका छन् । प्रचण्ड बिहीबार कपिलवस्तुमा आएका हुन् ।

प्रतिक्रिया दिनुहोस