काठमाडौँ । विराटनगरमा भारतीय नागरिकको साथबाट प्रहरीले ७ लाख नेपाली रुपैयाँ बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शुक्रबार दिउँसो भारतको जोगबनीका ५० वर्षीय सुधीर श्रीवास्तवलाई विराटनगरको वडा नम्बर १५ बाट पक्राउ गरेको हो।
नेपाली नम्बर प्लेटको १८ प ४१७९ को मोटरसाइकलमा सवार श्रीवास्तवलाई शंका लागेर खानतलासी गर्दा स्रोत खुल्न नसकेको सो रकम भेटिएको मोरङ प्रहरीले जानकारी दिएको छ।
भारतबाट नेपाल आउने क्रममा पक्राउ परेका उनको साथबाट नेपाली ५ सय रुपैयाँ दरको ४ सय र १ हजार रुपैयाँ दरको ५ सय थान नोट रहेको प्रहरीको भनाई छ ।
अवैध रकम बरामद भएपछि उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ ।