६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन थापाले भने-‘गनगन गर्ने होइन, काँग्रेसले समाधान दिनुपर्छ’ 

अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली काँग्रेसले समाधान दिने गरी काम गर्नुपर्ने बताएका छन् ।

शुक्रबार नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले काँग्रेसलाई समस्या मात्र देखाउने छुट नरहेको बताएका हुन् ।

‘काँग्रेस पार्टीले अब समस्या मात्र देखाएर हुँदैन, अब समाधान पनि दिनुपर्छ । हामी समाधान दिने पार्टी हो । हाम्रो ड्युटी हो यो,’ उनले भने, ‘नेपाली काँग्रेस पार्टीले नेपालमा रोजगारीको समस्या छ समाधान दिने हो ।’

उनले वैदेशिक रोजगारीको क्षेत्रलाई थप राम्रो बनाउनुपर्ने भन्दै काँग्रेसले यसमा काम गरिरहेको बताए । ‘अब पार्टीको काम गर्ने तरिका र दृष्टिकोण पनि बदलिनुपर्छ,’ उनले भने ।

महामन्त्री थापाले अगाडि थपे, ‘अब हामीले गनगन गर्ने पनि होइन रुवाबासी गर्ने पनि होइन । अब समस्या भएको क्षेत्रमा काँग्रेस छ र समाधान दिन्छ भन्ने पार्टी बनाएर जान आवश्यक छ ।’

वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका समस्या समाधान गर्नको लागि ‘मिसन रोजगारी’ राष्ट्रिय अभियान सुरु गरिएको उनले जानकारी दिए ।

उनले वैदेशिक रोजगारीमा देखिएका समस्याहरूको समाधान गर्नको लागि पार्टीका अर्का महामन्त्री विश्वप्रकाश शर्मासँग मिलेर उक्त अभियान सञ्चालन गरेको दाबी गरे ।

वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कार र गालीको क्षेत्र बनाउन नहुने महामन्त्री थापाको धारणा थियो ।

‘अहिले नेपाली काँग्रेसको दुई जना महामन्त्रीले मिसन रोजगारी भन्ने एउटा राष्ट्रिय अभियान प्रारम्भ गरेका छौँ । त्यो अभियानको एउटा अभिन्न अंग भनेको एउटा वैदेशिक रोजगारी हो’ उनले भने, ‘यो अभियान शुरु भएको एक महिना भयो । यसमा हाम्रो एउटा टिमले काम गरिरहेको छ ।’

यो अभियानले केही विश्वविद्यालयहरूसँग साझेदारी गरिरहेको जानकारी दिँदै उनले भने, ‘केही शैक्षिक संस्थाहरूसँग पनि हाम्रो साझेदारी छ । हामी अब एसशेसिएशनसँग पनि काम गर्न चाहन्छौँ ।’

उनले थपे, ‘हामी वैदेशिक रोजगारीको क्षेत्रलाई तिरस्कारको क्षेत्र, गालीको क्षेत्र होइन हामी सँगसँगै बसेर कस्ता मान्छे काम गर्न गएका छन् ? किन गएका छन् रु को जाने को नजाने भन्नेबारेमा ज्ञान उत्पादन गर्ने ठाउँमा हामी तपाईंहरुसँग बसेर काम गर्न चाहन्छौँ । किनकि यो विषयको हल हामीले खोज्नुपर्नेछ ।’

काँग्रेसले नेपालमा रहेको रोजगारीको समस्याको समाधान दिन सक्नुपर्ने भन्दै निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस