काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसमेत प्रतिवादी रहेको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावेदन गरेको छ।
विशेषले दिएको फैसलाउपर चित्त नबुझेको भन्दै आज सर्वोच्चमा पुनरावेदन गरिएको हो ।
आयोगले पनेबाज बन्तोली बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्यभन्दा बढी तथा साइटमा नगरे–नगराएको परिमाणको झुठा बिल भर्पाई तथा कार्य सम्पन्न प्रतिवेदन स्वीकृत गरी २६ लाख २ हजार ५५६ रुपैयाँ भ्रष्टाचार गरेको दाबी गर्दै उनीहरूविरुद्ध मुद्दा दायर गरेको थियो।
उक्त मुद्दामा पनि विशेषले प्रमुख प्रशासकीय अधिकृतसहित सबै प्रतिवादीलाई सफाइ दिएको थियो।