७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपप्रधानमन्त्री सिंहले भने-‘सहरमा सडक बनाउँदा युटिलिटी करिडोर अवधारणा अघि बढाऔँ’ 

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सहरहरूमा सडक बनाउँदा ‘युटिलिटी करिडोर’ को अवधारणा अगाडि बढाउनुपर्ने बताएका छन् ।

पूर्वपश्चिम राजमार्गको ६ लेनमा विस्तारित गोन्द्राङ-पुल्चोक सडक खण्ड उद्घाटनमा सिंहले युटिलिटी करिडोरको अवधारणाले विकास निर्माणको कामलाई राम्रो गर्ने बताएका हुन् ।

सडक बने लगत्तै ढल, खोनपानी पाइप, फाइबर बिच्छ्याउन भत्काइ हाल्ने प्रवृत्ति रोक्नका लागि पनि युटिलिटी करिडोर अवधारणामा जानुपर्नेमा सिंहको जोड थियो ।

‘सहरको बीचमा बाटो बनाउँदा युटिलिटी करिडोर अवधारणालाई अब हामीले अगाडि बढाउनुपर्छ । सडक बने लगत्तै ढल, पाइपलाइन, फाइबर बिच्छ्याउन भत्काइन्छ,’ उनले थपे, ‘जनतामा बाटो बने पनि भत्किहाल्छ भन्ने परेको छ । यसलाई रोक्न युटिलिटी करिडोरमा अब ध्यान दिनैपर्छ ।’

उपप्रधानमन्त्री सिंहले अहिले सरकारले पूर्वाधार निर्माणमा जोड दिइरहेको बताए । ‘व्यवस्था बदलियो अवस्था बदलिएन’ भन्ने भाष्य बनाउन खोजिएको भन्दै उनले व्यवस्थासँगै जनताको अवस्थामा पनि परिवर्तन आएको दाबी गरे ।

‘राम्रो काम होस् भन्ने जनताको चाहना छ । त्यसका लागि समय लाग्छ । धेरै कुरा गर्नुभन्दा काम गरेरै देखाउनु छ । डेलिभरी हुनुपर्‍यो भन्ने आमजनताको चाहना छ । डेलिभरी बिस्तारै हुँदैछ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस