६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी फुटाउनेलाई ओलीले दिए अघाएपछि झरेका किर्नाको संज्ञा 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई तिहाइको कम्युनिष्ट पार्टी दुई पटकसम्म फुटाएर जानेहरू पार्टी भित्र अघाएर झरेका ‘किर्ना’हरू भएको टिप्पणी गरेका छन् ।

नेकपा एमाले गैँडाकोट नगर कमिटीले आज नवलपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले पार्टीभित्र सधैँ पाइरहेका र अवसर लिइरहेकाहरू नै असन्तुष्ट बन्ने टिप्पणी गरे ।

‘पाउनेले नै पार्टीभित्र असन्तुष्टि जनाएको पाउँछु, केही अगाडि पार्टीभित्र यस्तै अघाएका मान्छेहरू नै पार्टी फुटाएर गए,’ अध्यक्ष ओलीले भने, ‘मैँले तिनलाई अघाएका किर्नाहरू भन्ने गरेको छु, जो अघाएपछि झरे ।’

उनले गत संसदीय निर्वाचनमा एमालेका विरोधी राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरू एक ठाउँमा उभिएर पार्टी सक्काउन खोजेको तर अब परिस्थिति त्यस्तो नहुने बताए ।

‘हामी माथि अघिल्लो चुनावमा चौतर्फी हमला भयो, सिध्याउँछौ भनेर लागे, २र२ पटक पार्टी फुटाएर गए । तर हामी सकिएनौँ, जनताले हाम्रो पार्टी सकिन दिएनन्, कार्यकर्ताले बचाए, हामीले ७९र८० सिट आयो,’ एमाले अध्यक्ष ओलीले कार्यकर्तालाई भने ‘अब त हारिन्छ होला भन्ने मानसिकता नलिनु उच्च मनोबलका साथ लाग्नु, विकास र समृद्धिको नेतृत्व मैँले गरेको छु ।’

एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन पार्टीले चलाएका जरा अभियानलाई प्रभावकारी बनाएर जनताको घरघरमा जान ओलीले आग्रह गरे ।

उनले पार्टीका विरोधी शक्ति पर्याप्त भएकोले पार्टीभित्र नै एकले अर्कोलाई विरोध गर्न जरुरी नहुने बताए ।

प्रतिक्रिया दिनुहोस