काठमाडौँ । आन्दोलनरत नेपाल शिक्षक महासंघको बैठक आज बस्दैछ । सरकारसँग वार्तापछि आज महासंघले बैठक बोलाएको हो ।
आज दिउसो ३:१५ बजे मध्यबानेश्वर स्थित रत्नराज्य माविमा बस्ने भएको बैठकमा समसामयिक विषयमा छलफल हुने महासंघले जनाएको छ ।
बैठकमा महासंघका राष्ट्रिय समितिका सदस्यहरू, आबद्ध संस्थाका अध्यक्ष र महासचिवहरू, प्रदेश आन्दोलन परिचालन समितिका संयोजक, सहसंयोजक र सचिव तथा जिल्ला आन्दोलन परिचालन संयोजकहरूलाई बोलाइएको छ ।