७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा डढेलो र वायु प्रदूषण : समस्या र समाधान

अ+ अ-

अहिले वायु प्रदूषण तीव्र बढिरहेको छ । नाक, घाँटी, आँखा, टाउको, श्वास प्रश्वास तथा एलर्जीका विभिन्न समस्याहरू बढेर अस्पतालहरूमा बिरामीको चाप देखिन्छ । काठमाडौँ विश्वको सबैभन्दा प्रदूषित सहरको परिचय बनाइरहेको छ । यसबाहेक तराई तथा मध्य क्षेत्र लगायतका स्थानहरूमा पनि तुवाँलो र तातो तथा प्रदूषित हावाको कारण जनजीवन कष्टकर बन्दै गइरहेको छ । स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक कता कता कुण्ठित हुने हो कि भन्ने चिन्ता बढ्दै गएको छ । अन्य विभिन्न कारणहरू हुँदाहुँदै पनि यसरी वायु प्रदूषण गराउने मुख्य कारण डढेलो हो । जथाभाबी र अनियन्त्रित डढेलोको कारण धन जन र पर्यावरणमा नै क्षति पुगेको छ । विभिन्न जिल्लाहरूमा डढेलोकै कारण मानिसहरूले ज्यान समेत गुमाएका छन् ।

तातो हावा तथा धूवाँको कारण जनजीवन प्रताडित बन्दै गएको छ । वन जंगलबाट फैलिएको आगो तथा डढेलोले ठूलो क्षति निम्तिरहेको छ । सावधानी नअपनाउने हो भने अझै ठूला ठूला क्षतिहरू हुन सक्छन् । डढेलोको प्रकोपले जैविक विविधतामा ठूलो आघात पुराएको छ । पानीका स्रोतहरू सुक्दै गएका छन् । वोटविरुवाहरु पानी नपाएर सुकिरहेका छन् । जंगली जनावरहरूको बासस्थान पनि डढेलोको कारण चपेटामा परेको छ । डढेलो तथा आगलागी मुख्य गरी मानिसहरूको नियत तथा असावधानीले निम्तिने प्रकोप हो । डढेलोको कारण सारा पर्यावरण नै प्रदूषित बनेको छ ।

हरियो वन नेपालको धन भनेर निकै प्रशिक्षित भइयो अनि गराइयो तर आजका दिनमा वन क्षेत्र उत्पादनमुलक क्षेत्रको रूपमा नभई डढेलो लगायतका प्रकोप भित्राउने स्रोत बनिरहेका छन् । डढेलो बेलैमा नियन्त्रण गर्न नसक्दा ठूलो जन धनको क्षति हुनसक्ने जोखिम रहन्छ । डढेलो नियन्त्रण गर्न सकिएन भने अकल्पनीय क्षति निम्तिन सक्छ । तसर्थ डढेलोको पूर्व सावधानी लिने र डढेलो लागिहालेमा नियन्त्रणमा लिने संयन्त्र तयारी अवस्थामा राख्ने कार्य साथसाथै हुनु अत्यावश्यक छ । प्रदूषणका सूचकाङ्कहरूको आधारमा नेपालका सहरहरू अझ बढी प्रदूषित बन्दै गएका छन् । विश्वमा अमेरिका, अस्ट्रेलिया जस्ता विकसित तथा समृद्ध मुलुकहरूमा पनि यस्ता समस्याहरू आई नपरेका होइनन् तर हाम्रो जस्तो कमजोर आर्थिक धरातल भएको मुलुकमा सानै घटनाक्रमहरूबाट पनि ठूला क्षतिहरू निम्तिने सम्भावना बढी छ ।

राम्रो घाँस आओस् भनेर, वन क्षेत्र अतिक्रमण गर्न त केही अवस्थामा काठ तथा दाउरोको लागि रुखहरू सुकाउने नियतले त कहीँ वन्यजन्तुहरूको सिकार गर्नको लागि पनि डढेलो लगाउने गर्छन् भन्ने लगायतका विविध धारणाहरू समेत रहेका छन् ।  डढेलोबाट धेरै जीव तथा वनस्पतिहरूको वासस्थानको क्षति भएको छ । डढेलो नियन्त्रणका लागि गरिने विभिन्न अन्तरक्रिया गोष्ठी, छलफल तथा सचेतनामूलक कार्यक्रमहरूको प्रभावकारिताको मूल्याङ्कन पनि गरिनुपर्छ । डिभिजन वन कार्यालयहरू, सुरक्षा निकायहरू, सामुदायिक वन उपभोक्ता समूहहरू, वातावरण विभाग, नागरिक समाज तथा सर्वसाधारण सञ्चार क्षेत्र सबैले उत्तिकै जिम्मेवारीका साथ लागेर हाम्रो पर्यावरण बाँच्न लायक गराउनुपर्दछ ।

वन ऐन २०७६ को दफा ४९ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । यस प्रावधानको सबल कार्यान्वयनमा जोड दिइनुपर्दछ । डढेलो लाग्नै नदिने रणनीति अंगिकार गरिनु आवश्यक छ । निजी सम्पत्तिमा क्षति हुँदा जति संवेदनशील होइन्छ त्यति नै संवेदनशील सरकारी सम्पत्तिप्रति नहुने हो भने सरकारी सम्पदाको दिगो संरक्षण सधैँ संशयपूर्ण हुन्छ । डढेलो लगाउने या लगाउन प्रेरित गर्ने व्यक्तिलाई हदैसम्मको कारबाही गरिनुपर्दछ । वन डढेलोको बहु आयामिक असरहरू अनुभूति गरिएको छ । एकातिर जैविक विविधतामा ठूलो नोक्सानी पुराएको छ । अर्कोतर्फ श्वास फेर्न नै कठिन हुने गरी वायु प्रदूषित गराएको छ । जसको कारण जनजीविकामा नै असर पुराएको छ ।

वनमा त स साना वनस्पतिहरूदेखि झार, बुट्यान तथा रुखहरू, बहुमूल्य वनस्पतिहरू, जडीबुटी तथा सुगन्धित वनस्पतिहरू, बहुमूल्य सुनाखरीहरू, झ्याउहरू, जीवजन्तु, चराचुरुङ्गीहरू हुन्छन् । डढेलोले स साना र दुर्लभ एवं निर्बल जनावरहरूको अस्तित्व सबैभन्दा बढी जोखिममा पर्न सक्छन् । ठूला ठूला रुखहरू अनि ठूला ठूला अनि भाग्न दौडिन सक्ने जनावरहरू त कुनै न कुनै हिसाबले सुरक्षित रहन सक्छन् । अहिले जुन तवरले वायुमण्डल तातिरहेको छ, प्रदूषण बढिरहेको छ अनि डढेलो फैलिरहेको छ, यसको रोकथामको लागि उचित पहल नचाल्ने हो भने भावी दिनमा ठूलो क्षति झेल्नुपर्ने हुन सक्छ ।

सञ्चालित उद्योग तथा कलकारखानाहरूबाट निस्किने धूवाँ, सडक तथा विकास निर्माणका गतिविधिहरू सञ्चालन हुँदा निस्किने धूवाँ, धूलो आदिबाट वायुमण्डलमा विकारहरू थपिरहेको छ । यसलाई राम्रै मलजल डढेलोले गरेको छ । फलतः वायुको गुणस्तर निकै खस्किएको छ । वायु प्रदूषणको मापन एअर क्वालिटी इन्डेक्स ”एक्यूआइ” ले वायु प्रदूषित भएका आँकडाहरू दिइरहेका छन् । समाधानका लागि काठमाडौँ उपत्यकामा हप्तामा दुई दिन सार्वजनिक बिदा दिने तथा सवारी साधनहरू पनि जोर बिजोर गरेर चलाउने सम्मका विकल्पहरूमा बहस भइरहेका समाचारहरू पनि आएका छन् । वातावरणीय मापदण्डहरूको पालना सम्बन्धमा अनुगमन तथा मूल्याङ्कन कार्यलाई प्रभावकारी र यथार्थपरक बनाइनुपर्दछ ।

फागुन, चैत तथा वैशाख महिनाहरू नेपालको सन्दर्भमा डढेलो, हावा हुरी तथा आगलागीजन्य घटनाहरू घट्ने समयावधि समेत हो । तसर्थ, वायु प्रदूषण, डढेलो  र सम्भावित क्षति न्यूनीकरण गर्न सरोकारवाला सबै पक्षहरू जिम्मेवार बन्नु आवश्यक छ । विद्युतीय सवारी साधन तथा उपकरणहरूको उपयोगमा जोड दिनुका साथै अनावश्यक तथा मापदण्ड बाहिरका सवारी साधनहरू सञ्चालन नगर्ने नीति कडाइका साथ पालना गर्ने र सवारी प्रदूषण मापदण्डको पालना गराइनुपर्दछ । यसका साथै वृक्षारोपण, वातावरणीय शिक्षा, आम मानिसहरूमा सचेतना तथा सजगता बढाइ तीनै तहका सरकारहरू र सरोकारवाला सबै पक्षहरूले हातेमालो गरी साथमा साथ दिई स्वच्छ र वातावरणमा बाँच्न पाउने मौलिक हकको सुनिश्चितता दिलाउन सक्नुपर्छ ।

वायु प्रदूषण कम गर्नको लागि प्रदूषण गराउने खालका मानवीय क्रियाकलापहरू निरुत्साहित गर्नुपर्दछ । डिजेल, पेट्रोलबाट चल्ने गाडीहरू क्रमशः विस्थापन गर्दै विद्युतीय गाडीहरूको प्रयोगमा जोड दिनुपर्दछ । यसै गरी विद्युतीय चुल्हो तथा विद्युतीय उपकरणहरूमा ध्यान दिनुपर्दछ । आम नागरिकहरूमा पर्यावरणीय सचेतना जगाइ बढी भन्दा बढी सजग गराउनुपर्दछ । वर्षेनी वन डढेलोबाट ठूलो नोक्सानी गरेको छ । जुन नियमित क्रियाकलाप जस्तो बन्दै गएकोले यसको रोकथामको लागि उचित र समन्वयात्मक पहल हुनु जरुरी छ । यसको साथै घर, कार्यालय तथा प्रतिष्ठानहरूबाट उत्सर्जन हुने कुहिने र नकुहिने फोहोरको स्रोतमै व्यवस्थापन गर्ने अभ्यास बसाल्नुपर्दछ । सबैले फोहोर गर्ने तर अरु कसैले व्यवस्थापन गरिदिओस् भन्ने सोच पाल्नुहुँदैन । विद्यालय तहबाट नै वन जंगल तथा पर्यावरण जोगाउने खालका सचेनामुलक र व्यवहारिक ज्ञान सीपहरू दिलाइ सबै बालबालिकाहरूलाई संवेदनशील बनाइनुपर्दछ ।

पराजुली वनस्पति विभागका वरिष्ठ वैज्ञानिक अधिकृत हुन् ।

प्रतिक्रिया दिनुहोस