काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ ।
बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङले एक कार्यक्रमका बीच एफपीओ बाँडफाँट गरेको छ । सो एफपीओ ५ हजार १२९ जनाले पाएका छन् । तीमध्ये २ जनाले ११ कित्ताका दरले पाएका छन्, एक जनाले १०.५० कित्ता र बाँकीले १० कित्ताका दरले पाएका छन् ।
कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १ सयका दरले ५१ हजार २९२.५० कित्ता सेयर निष्कासन गरेको हो । १९ लाख २० हजार ९३९ जनाको आवेदन स्वीकृत भएको थियो । १९ लाख १५ हजार ८१० जनाको हात रित्तो भएको छ । कुल स्वीकृत आवेदकमध्ये ९९.७ प्रतिशतको हात रित्तो भएको हो ।
यसको नतिजा केहीबेरमा सीडीएससीको वेबसाइट मा हेर्न सकिनेछ । सर्वसाधारणको सेयर हिस्सा न्यूनतम ३० प्रतिशत कायम गर्नका लागि कम्पनीले एफपीओ निष्कासन गरेको हो ।