७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘याक संरक्षणका लागि संगठित प्रयास आवश्यक’ : कृषि मन्त्री अधिकारी

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले याकपालनले हिमाली समुदायको आयआर्जन, खाद्य र पोषण सुरक्षा, प्रांगारिक खेती तथा वातावरणीय सन्तुलनमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको बताएका छन् । 

प्रथम राष्ट्रिय याक दिवसका अवसरमा मन्त्रालयले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले भौगोलिक चुनौती, बसाइसराइ, चरन क्षेत्रको अभाव, प्रजननसम्बन्धी समस्या, जंगली जनावरको आक्रमण, जलवायु परिवर्तन जस्ता कारणले नेपालमा याक चौँरीको संख्या घट्दो क्रममा रहेकाले याक चौँरी पालनका लागि संगठित प्रयास आवश्यक रहेको बताए ।

याक चौँरीको संरक्षण र दिगो उपयोगमार्फत हिमाली क्षेत्रको खाद्य सुरक्षा, जलवायु अनुकूलन, जैविक विविधताको संरक्षण र ग्रामीण जीवनशैलीको सशक्तीकरण नै अबको साझा लक्ष्य रहेको उल्लेख गरे । मन्त्री अधिकारीले हिमाली जनजीवनको अविभाज्य अंग बनेका याक चौँरीलाई संरक्षण, सुधार र व्यावसायिक रूपान्तरणमार्फत नव जीवन दिनु हाम्रो साझा उत्तरदायित्व रहेकोमा जोड दिए।

मन्त्रालयको अग्रसरतामा सरकारले याक र चौँरीको महत्वलाई आत्मसात् गर्दै प्रत्येक वैशाख ७ गते राष्ट्रिय याक दिवसका रूपमा मनाउने निर्णय गरेको उल्लेख गर्दे मन्त्री अधिकारीले याकको संरक्षण एवं प्रवर्द्धनका लागि सोलुखुम्बुको स्याङ्बोचेमा याक आनुवांशिक स्रोत केन्द्र सञ्चालन ल्याइएको बताए ।  केन्द्रले याकको शुद्ध नस्ल संरक्षण, आनुवंशिक सुधार, प्रविधि विस्तार र प्रसारमा महत्त्वपूर्ण कामको सुरुवात गरेको बताए । आगामी दिनमा याक चौँरीको दिगो विकास सुनिश्चित गर्न मन्त्रालय प्रतिबद्ध रहेको पनि उनले सुनाए ।

‘याक चौँरी प्रवर्द्धन: हिमाली जीवन, संस्कृति र पर्यावरण संरक्षण’ भन्ने मूल नाराका साथ पहिलो पटक याक दिवस मनाइएको हो । राष्ट्रिय याक दिवसका अवसरमा याक पालक कृषकलाई पनि सम्मान गरिएको छ  । याकलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ । नेपालमा मात्र उत्पादन हुने विश्व प्रसिद्ध याक चिज ‘ओमेगा-३ फ्याटी एसिड’को स्रोत रहेको छ । 

याकको दूधबाट बनेको छुर्पी हिमाली क्षेत्रका किसानको आम्दानीको  प्रमुख स्रोतका रूपमा रहेको छ । हिमाली क्षेत्रको सभ्यताका रूपमा समेत याक रहेको संरक्षणकर्मीको भनाइ छ । याकको छाला र पुच्छरबाट बन्ने वस्तु निर्यातको प्रचुर सम्भावना बोकेका उत्पादन हुन् । 

प्रतिक्रिया दिनुहोस