८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्लास्टिकजन्य फोहरको दिगो व्यवस्थापन अहिलेको प्रमुख चुनौती’-वन मन्त्री शाही

अ+ अ-

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले प्लास्टिकजन्य फोहरले हिमाल, नदी, पहाड, समुद्र हुँदै मानव स्वास्थ्य तथा सम्पूर्ण वातावरणमा गम्भीर असर पारिरहेको बताएका छन् । 

यस्तो फोहरलाई वैज्ञानिक र दिगो रूपमा व्यवस्थापन गर्नु अहिलेको प्रमुख चुनौती भएको उनको भनाइ थियो । 

आज आयोजित प्लास्टिक फोहर व्यवस्थापन सम्मेलनको उद्घाटन कार्यक्रममा मन्त्री शाहीले प्लास्टिक प्रदूषणका प्रभाव र यसले ल्याउने समस्याको समाधान गर्न सरकार एक्लैको प्रयास पर्याप्त नहुने बताएका छन् । यसका लागि शिक्षण संस्था, अनुसन्धान केन्द्र, उद्योग व्यवसायी, स्थानीय सरकार, अन्तरराष्ट्रिय साझेदार र आमनागरिकबीच समन्वय र सहकार्य आवश्यक रहेकामा उनले जोड दिए । 

मन्त्री शाहीले सम्मेलनमा हुने प्रस्तुति र बौद्धिक मन्थनबाट प्राप्त सल्लाह, सुझावहरूले नीति निर्माण प्रक्रियामा सहयोग पुग्ने विश्वास व्यक्त गरे । “यस सम्मेलनहरूबाट आएका सुझाव र सिफारिसहरूलाई वातावरणमैत्री नीति निर्माण गर्न र सरकारद्वारा सञ्चालन गर्ने कार्यक्रमहरूमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु”, उनले भने ।  प्लास्टिकको विकल्प खोज्ने, पुनः प्रयोग प्रविधिलाई प्रोत्साहन दिने र वातावरण संरक्षण कार्यमा थप लगानी गर्ने प्रतिबद्धता यथावत् रहेको मन्त्री शाहीले बताए । 

उनले सम्मेलनमा प्रस्तुत गरिएका विचार, समाधान र प्रविधिहरूले नेपाल र सम्पूर्ण दक्षिण एसियाको प्लास्टिक समस्या समाधानमा ठोस योगदान पुर्‍याओस् भनी कामना गरेका छन् । 

प्रतिक्रिया दिनुहोस