९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षामन्त्री भट्टराईको राजीनामा स्वीकृत नगर्न सूर्य थापाको सुझाव

अ+ अ-

काठमाडौँ । सत्तारूढ दल नेकपा (एमाले) का सांसद सूर्य थापाले शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा स्वीकृत नगर्न सुझाव दिएका छन्।

सोमबार (आज) राजीनामा दिएकी शिक्षामन्त्री भट्टराईले नराम्रो केही नगरेको उल्लेख गर्दै उनले भनेका छन्, ‘शिक्षामन्त्री विद्या भट्टराईले आज पदबाट दिनुभएको राजीनामा अनपेक्षित र असान्दर्भिक हो। उहाँले राजीनामा दिन जरुरी थिएन। मेरो सुझाव छ, ‘उहाँको राजीनामा स्वीकृत नगरियोस्, ताकि संसदीय समितिमा विद्यालय शिक्षा विधेयकमाथि ११० दफासम्मको छलफल यही रफ्तारमा अघि  बढ्न र बढाउन सम्भव हुने थियो।’

उनले थपेका छन्, ‘उहाँले नराम्रो केही गर्नुभएको थिएन। शिष्ट, विनम्र, शालीन, अनुभवी र गम्भीर व्यक्तित्वका साथ उहाँले अस्वस्थताका बाबजुद यस कामलाई निष्कर्षमा पुर्‍याउन निष्ठाका साथ कोसिस नै गर्नुभएको थियो।’

बरु शिक्षक महासंघको नेतृत्वले आवश्यक र अनिवार्य समन्वय र सहयोग नगरी राजीनामाको माग गरेको उनले बताएका छन्।

यस्तै उनले अब शिक्षा विधेयक झन् ढिलो हुन गएको बताएका छन्। ‘प्रधानमन्त्रीज्यूले वैशाख २३ गते प्रतिनिधिसभामा टेबुल हुने दिन नै तोकेर भन्नुभएको थियो। त्यस मितिमा सम्बन्धित संसदीय समितिलाई काम पूरा गर्न सम्भव स्थिति नहुने भयो कि, ‘उनले भने, ‘मन्त्रीको उपस्थितिबिना विधेयकमाथिको छलफल अघि बढ्न अनिवार्य हुन्छ। यसको प्रबन्ध मिलाउन र नयाँ मन्त्रीले विषयवस्तु बुझेर समितिमा दफावार छलफलमा सहभागी हुन त केही समय लाग्ने देखियो।’

शिक्षामन्त्री भट्टराईले आज अपराह्न प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राजीनामा गरेकी छन्। राजीनामा स्वीकृत भने भएको छैन।

प्रतिक्रिया दिनुहोस