कैलाली । धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलबाट अवैध लागू औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय धनगढी र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी कैलालीबाट खटिएको प्रहरीले कञ्चनपुर कृष्णपुर नगरपालिका-२ बस्ने ४० वर्षीय मिन बहादुर बमलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनको साथमा अवैध लागू औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्राम ४ सय ६० मिलिग्राम बरामद गरेको छ ।उनलाई हाल पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।