काठमाडौँ । । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धारित परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको थियो ।
यद्यपि बोर्डले निर्धारित समयमा नै परीक्षा गर्ने अडान राखे पनि अन्तिम समयमा परीक्षा सरेको हो