१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एचपिभी खोपका लागि अभिभावकमा सचेतना आवश्यक रहेको सरोकारवालहरूको जोड

अ+ अ-

काठमाडौँ । ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोपका लागि अभिभावकमा सचेतना आवश्यक रहेकामा सरोकार भएकाहरूले जोड दिएका छन् । 

प्रदेश खोप समन्वय समितिले आज विराटनगरमा आयोजना गरेको हालै सम्पन्न एचपिभी खोप कार्यक्रमको समीक्षा कार्यक्रममा उनीहरूले अभिभावक सचेत नभएसम्म खोप कार्यक्रम प्रभावकारी नहुने बताए । 

सहभागीहरूले एचपिभी खोप कार्यक्रम विद्यालय स्तरमा सञ्चालन गरिने हुँदा अभिभावकले बालबालिकाको सहभागिताका लागि अनुमति नदिँदा समस्या हुने गरेको धारणा राखे । कोशी प्रदेश  स्वास्थ्य मन्त्रालयका सचिव राधिका थपलियाले खोपमा समन्वय आवश्यक रहेको बताइन् । गत फागुन २२ देखि प्रदेशमा सुरु भएको एचपिभी खोप अभियानमा ८७ प्रतिशतमा खोप पहुँच रहेको उनले जानकारी दिइन्। 

प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले खोप कार्यक्रम सफल भए पनि प्रभावकारी सञ्चालनका लागि स्थानीय स्तरमा सचेतना आवश्यक देखिएको बताए । निर्देशक बस्नेतले ‘खोज र खोप लगाऊ’ मुख्य नारासहित वैशाख महिनालाई खोप महिनाका रूपमा मनाइने घोषणा गरिएको बताए । 

निर्देशनालयका खोप अधिकृत भरत भण्डारीले नेपालमा राष्ट्रिय खोप ऐन २०७२ अनुसार खोप कार्यक्रम व्यवस्थित गरिएको तर यसबारे स्थानीय स्तरसम्म सचेतना बढाउनुपर्ने महसुस भएको धारणा राखे । विश्व स्वास्थ्य संगठनका डा पवन उपाध्यायले सङ्क्रमणकालीन पोलियो योजना २०७९-२०८६ कार्यान्वयनमा रहेको उल्लेख गरे ।  

एचपिभी खोप अभियानका क्रममा मोरङ र सुनसरीजस्ता सहरी क्षेत्रमा बढी समस्या देखिएको तर पहाडी र हिमाली जिल्लामा खोप कार्यक्रम सञ्चालनमा कुनै समस्या नभएको कार्यक्रममा जानकारी दिइएको छ  ।

प्रतिक्रिया दिनुहोस