१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गर्भवतीका लागि नि:शुल्क एम्बुलेन्स सेवा

अ+ अ-

सर्लाही । जिल्लाको विकट लालबन्दी नगरपालिका-१४ निवासी जमुनी बललाई यही वैशाख ४ गते झिसमिसेमा प्रसूति व्यथा लाग्यो । उनका परिवारले जनप्रतिनिधिमार्फत नगर अस्पतालमा सम्पर्क गरे। अस्पतालबाट तत्काल उनको निवासमा एम्बुलेन्स पुग्यो । अपराह्न उनले स्वस्थ शिशुलाई जन्म दिइन् । अर्को दिन उनलाई  एम्बुलेन्समा स्वास्थ्यकर्मीका साथ उनको निवास पुर्‍याइयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चन्दन चौधरीका अनुसार लालबन्दी नगर अस्पतालले गर्भवती र नवप्रसूतालाई नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । हालसम्म यो सेवा १३ जनाले लिएका छन् । मातृ तथा नवजात शिशु मृत्युदर घटाउने उद्देश्यले अस्पतालसँगको समन्वयमा नगरपालिकाले यो सेवा सुरु गरेको हो ।

नगरपालिकाले लालबन्दी नगरपालिकाभित्र जुनसुकै स्थानका गर्भवती महिलाले सुत्केरी हुन अस्पताल जाँदा र अस्पतालबाट घर फर्कँदा नि:शुल्क एम्बुलेन्स सेवा लिन सक्ने जनाएको छ । नगरपालिकाले रु। २० लाख १० हजारमा एम्बुलेन्स खरिद गरेर  सेवा सुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस