काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा सात हजार ५०० रुपैयाँले घटेर एक लाख ९० हजार ४०० रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
मंगलबार सुन तोलाको एक लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। मंगलबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीको मूल्य ५ रुपैयाँ घटेर आज १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ।