काठमाडौँ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गर्ने गरी प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार भएको छ ।
सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफलपछि उक्त मस्यौदा तयार पारेका हुन् ।
त्यस्तै, आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गर्ने प्रस्ताव सरकारले गरेको छ ।
उक्त क्यालेन्डर वैशाख १२ गते बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।
सभामुख घिमिरेले छलफलमा पूर्वबजेट छलफल, नीति तथा कार्यक्रम, बजेट र विद्यालय शिक्षा विधेयकको चापका कारण शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद सञ्चालन गर्ने प्रस्ताव गरेका थिए ।
बैठकले उक्त प्रस्ताव पनि अनुमोदन गरेको छ ।
पार्टीनिकट यातायात व्यवसायीको महाधिवेशनलाई सम्बोधन गर्दै संविधान संशोधन गर्नु नै दुई ठूला पार्टीको मुख्य उद्देश्य भएको बताए ।
उनले भने, ‘संविधान संशोधनको काम अघि बढाउन ढिला भएको छ । संयन्त्रमा म छु । पार्टीको तर्फबाट, त्यहाँ ढिलासुस्ती भएको छ, त्यो स्वीकार्दा केही अप्ठ्यारो मान्नुपर्ने छैन । अब चाँडै नै भएको सहमतिको आधारमा काँग्रेस र एमालेको बीचमा कार्यदल बनाएर, कार्यदलले दुई दलको बीचमा आन्तरिक छलफल गरेर आधार तयार गर्ने, त्यो आधारको जगमा प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्र र संसद्मा रहेका अन्य दलहरूसँग संवाद गर्ने ।’
उनले संसदमा सहमति भएपछि संसदबाट कुनै आवश्यकता अनुसारको संरचना तयार गरेर सहमति भएका विषयलाई समेटेर संशोधन गर्नुपर्ने बताए । उनले समावेशिता, समानुपातिक प्रतिनिधित्वलगायत जनताले प्राप्त गरेको अधिकार नघट्ने गरी गर्ने बताए ।
खड्काले सरकारको कमीकमजोरी सच्याउन आवश्यक भए पनि दुई दलबीचको सहमतिमा दायाँबायाँ नहुने बताए ।
उनले भने, ‘सभापतिले पनि भन्दै आउनुभएको छ, सरकारको कार्यशैलीमा सुधार गर्नुपर्ने आवश्यक छ । त्यसलाई सच्याउनुपर्छ । प्रधानमन्त्रीलाई हामीले भनेका छौँ, नागरिकको भावनालाई बुझेर बाहिर देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्छ ।’
उनले प्रधानमन्त्रीले पनि जनतामा भएको असन्तुष्टिलाई घटाउँदै जानुपर्ने बताए ।