काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जुत्ता, चप्पल र औषधिमा एक साताभित्र अनिवार्य अधिकतम खुद्रा मूल्य (एमआरपी राख्न निर्देशन दिएको छ ।
जुत्ता उत्पादक संघ नेपाल र रसायन तथा मेडिकल आपूर्ति संघ नेपाललाई एक साताभित्र एमआरपी सहित लेबल लगाउन विभागले निर्देशन दिएको हो ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहाल सहितको टोलीले मंगलबार यी दुई संघसँग छलफल गरेको थियो । उक्त छलफलमा सात दिनभित्र एमआरपी सहितको लेबल राख्ने सहमति भएको विभागले जनाएको छ ।
गत चैतदेखि नै विभागले एमआरपी सहित लेबल लगाउन निर्देशन गरेको भए पनि जुत्ता चप्पल र औषधिजन्य वस्तु उत्पादक तथा आयातकर्ताले उक्त निर्देशन पालना नगरेको पाइएपछि विभागले उनीहरूसँग छलफल गरेको हो ।
९ वैशाखको मितिबाट ७ दिनभित्र अनिवार्य एमआरपी सहितको लेबल नराखे कारबाही गर्ने विभागको चेतावनी छ ।
