१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परीक्षा बोर्डले भन्यो-‘कर्मचारी परिचालन गरेर कक्षा १२ को परीक्षा गर्ने निर्णय भएको थिएन’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कर्मचारी परिचालन गरेर कक्षा १२ को परीक्षा सञ्चालन गराउने निर्णय नभएको स्पट पारेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले शिक्षकको उपस्थिति बिना परीक्षाको कल्पना नगरिएको बताए ।

मंगलबार बिहान बोर्डको बैठकपछि कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने भनेर आएका समाचारप्रति अध्यक्ष शर्माले असन्तुष्टि जनाएका हुन् । बोर्ड बैठकपछि आफू पछिल्लो परिस्थितिबारे जानकारी गराउन माथिल्लो निकायमा गएको र त्यो बीचमा निराधार कुराहरू आएको अध्यक्ष शर्माले बताए ।

‘परीक्षाको विषयमा हिजो बिहान बोर्ड बैठक बस्यो । अस्तिसम्मको अवस्था ठिकै थियो । समस्या समाधान हुने लाइनमा थियो तर शिक्षामन्त्रीको राजीनामा आयो,’ अध्यक्ष शर्माले भने, ‘मन्त्री नभएपछि माथिल्लो निकायमा छलफल गर्नुपर्ने भयो । बोर्डको प्रस्ताव यस्तो छ भनेर सरकारका विभिन्न निकायमा पुगेँ । प्रधानमन्त्रीलाई भेटेर अपिल निकाल्न ढिला भयो ।’

आफू बोर्ड बैठकबाट निस्किएर प्रधानमन्त्री ओलीसँग भेट गर्नु अघिको समयमा आएका कुराहरू निराधार रहेको टिप्पणी उनले गरे ।

‘सरकारको विभिन्न निकायसँग परिस्थितिबारे जानकारी गराएँ । मन्त्री नभएकाले प्रधानमन्त्रीसम्म पुग्नु पर्ने भयो । सूचना निकाल्न ढिला भयो । तर बीचमा कर्मचारी राखेर परीक्षा गर्न लागेको भन्ने खालको कुरा आयो त्यो निराधार हो । बोर्डले निर्णय नै गरेको छैन,’ अध्यक्ष शर्माले भने, ‘शिक्षकको उपस्थिति बिना परीक्षाको कल्पना नै गरेको छैन । परीक्षाको प्रश्न पत्र अनलाइनबाट पठाउँछौ । अनलाइनबाट पठाउँदा प्रधानाध्यापकसँग जोडिनुपर्छ । केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष हुन्छ । शिक्षकको विकल्प अर्को सोचेको थिएन ।’

परीक्षाको प्रश्न पत्र निर्माणदेखि परीक्षा सञ्चालन, व्यवस्थापन र उत्तर पुस्तिका परीक्षणको काम शिक्षकको भएकाले त्यो भन्दा बाहिर गएर बोर्डले परिकल्पना गर्न नसक्ने उनले बताए ।

राष्ट्रिय परीक्षा बोर्ड र आफ्नो नाम जोडिएर आएको विषयमा उनले खण्डनसमेत गरे ।

‘ट्रेड युनियनको विज्ञप्ति आएछ । सञ्चारमाध्यममा समाचार आएछ । बोर्डको र मेरो नाम जोडिएर आयो । दुःख लागेको छ,’ उनले भने, ‘परिस्थितिबारे सरकारलाई जानकारी गराउनु पर्ने भएकाले विज्ञप्ति निकाल्न ढिला भएको हो ।’

११ गतेका लागि तय भएको १२ कक्षाको परीक्षा शिक्षकको आन्दोलनका कारण गर्ने कि नगर्ने भन्नेमा अन्योल थियो । प्रधानमन्त्री केपी ओलीलाई अहिलेको परिस्थितिबारे जानकारी गराएपछि बोर्डले १० दिनका लागि परीक्षा सारेको छ । अब २१ वैशाखदेखि परीक्षा सञ्चालन गर्ने निर्णय बोर्डले गरेको छ ।

प्रतिक्रिया दिनुहोस