काठमाडौँ । शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त हुने भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्ने तयारी गरेको प्रशासन स्रोतले जानकारी दिएको छ ।
गत ८ वैशाखमा विद्या भट्टराईले मन्त्री पदबाट राजीनामा दिएकी थिइन् । लगत्तै रिक्त पदमा एमालेले पन्तलाई मन्त्री बनाउने भएको हो ।
स्रोतका अनुसार उनको शपथ भोलि गराउने तयारी छ ।