काठमाडौँ । निजामती विधेयकमाथिको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अनुपस्थित भएका छन् ।
दुवैलाई बुधबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले आमन्त्रण गरेको थियो । ओलीले रक्षामन्त्री मानवीर राईलाई पठाएका थिए ।
यसअघि समिति सभापति रामहरि खतिवडाले ५ वैशाखको बैठकमा आज विधेयक पास गर्ने तयारी रहेको बताएका थिए ।
विधेयक पास गर्ने तयारीसहित समितिले प्रधानमन्त्री ओली र प्रमुख विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई बोलाएको थियो ।
‘प्रचण्ड’ राज्य व्यवस्था समितिका सदस्य समेत हुन् ।
दुवै अनुपस्थित भएपछि मंगलबार नै विधेयक पास गर्ने तयारीबाट समिति पछि हटेको छ ।
बुधबार राज्य व्यवस्था समितिले विधेयकको दफा १ र दफा २ मात्रै पारित भएको छ । दफा १ मा प्रस्तावना र दफा २ मा विधेयकको नाम रहेको छ ।
बाँकी अर्को बैठकमा पास गरिने समिति सभापति खतिवडाले बताए । तर, अर्को बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।