१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपमहानगरपालिकामा संकट: मेयर सम्पर्कविहीन, प्रमुख प्रशासकीय अधिकृत पनि सरुवा मिलाएर हिँडे !

अ+ अ-

मेयर १८ दिनदेखि सम्पर्कविहीन, प्रमुख प्रशासकीय अधिकृत सरुवा, कर्मचारी-शिक्षकलाई तलबविहीन, उपप्रमुखलाई जिम्मेवारीविहीन; इटहरी उपमहानगरपालिकामा प्रशासनिक संकटले सेवा ठप्प !

इटहरी । इटहरी उपमहानगरपालिका अहिले गम्भीर प्रशासनिक संकटको चपेटामा परेको छ । नगरप्रमुख हेम कर्ण पौडेल १८ दिनदेखि सम्पर्कविहीन भएपछि पालिकाको नियमित कामकाज ठप्प भएको छ । स्थानीय निकाय नेतृत्वविहीन अवस्थाले नगरवासीको सेवा प्रवाहमा ठूलो अवरोध खडा गरेको छ ।

नगरप्रमुख पौडेलको मोबाइल फोन बन्द छ । कार्यालयमासमेत उपस्थित नरहेका उनीसँग सम्पर्क गर्न खोज्दा उपमहानगरका कर्मचारी, जनप्रतिनिधि सबै असफल भएका छन् । न त उपमेयरसँग कुनै आधिकारिक जानकारी छ, न त नगर कार्यपालिकाका अन्य सदस्यहरूलाई नै उनको अवस्थाबारे स्पष्ट सूचना छ । यति मात्रै होइन, पालिका प्रमुख पौडेलले आफ्नो जिम्मेवारी उपप्रमुख संगीता कुमारी चौधरीलाईसमेत नसुम्पिएर उनी सम्पर्क विहीन भएका हुन् ।

यस्तै पालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेर अर्को अधिकृत नपठाइदिँदा दैनिक काम र प्रशासनिक काममा असर परेको छ ।

इटहरी उपमहानगरपालिकामा अहिले योजना पास गर्ने, बजेट कार्यान्वयन गर्ने, निर्माणको अनुमतिदेखि प्रशासनिक निर्णयसम्मका सबै काम रोकिएका छन् । कार्यालयको प्रमुख पदाधिकारी अनुपस्थित हुँदा वडा कार्यालयहरूसमेत अन्योलमा छन् । उपप्रमुखले केही कामको सुरुवात गरे पनि कानुनी रूपमा सीमित अधिकारका कारण कुनै पनि निर्णय प्रक्रिया अघि बढ्न सकेका छैनन् ।

उपप्रमुखको गुनासो
उपप्रमुख संगीता कुमारी चौधरीले मेयरको अनुपस्थितिमा आफूलाई प्रमुखको जिम्मेवारी नदिइएकोमा असन्तुष्टि व्यक्त गरेकी छन् । “मलाई जिम्मेवारी दिइएको भए काम अघि बढाउन सकिन्थ्यो । यो रिक्तताले जनताको सेवा प्रभावित भएको छ,” उनले भनिन् ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार मेयर अनुपस्थित रहेमा उपप्रमुखले कार्यवाहक प्रमुखको जिम्मेवारी वहन गर्न सक्ने कानुनी प्रावधान छ । तर, प्रशासनिक जटिलता र आन्तरिक समन्वयको अभावले सो प्रक्रिया अघि बढ्न सकेको छैन ।

नगरपालिकाले चालु आर्थिक वर्षमा तीन अर्ब सन्ताउन्न करोड रुपैयाँ बजेट विनियोजन गरे पनि त्यसको कार्यान्वयन प्रभावित भएको छ । मेयरज्यूका कारण नै पालिकामा समस्या उत्पन्न भएको उपप्रमुख चौधरीले आरोप लगाइन् ।

अहिले पालिकाका सेवाहरू धेरै जसो प्रभावित भएको उनले गुनासो गरिन । पालिकामा केही कर्मचारी र आफूले मात्रै सकेको कामहरू गरिरहेको उनले बताइन् । स्थानीय सरकारको प्रभावकारी सञ्चालन र जनसेवा प्रवाहमा देखिएको यो जटिलताले नगरवासीहरूमा निराशा बढाएको छ ।

प्रशासनिक रिक्तता र तलबको संकट
यता, नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत हेम राज भुसालले पनि काम गर्नुपर्ने स्पष्टता नपाएकाले सरुवाको माग गरी मंगलबार फिर्ता भइसकेका छन् । मन्त्रालयले पालिकामा कार्यरत अधिकृतको सरुवा गरेर त्यहाँ अर्को अधिकृत पठाएको छैन । कार्यालयका कर्मचारीहरू समेत तलब नपाएको गुनासो गरिरहेका छन् ।

यस्तै पालिकामा कर्मचारी र जनप्रतिनिधिबीच कुरा नमिल्दा र मेयरले राम्रो समन्वय नगरिदिँदा पालिकाभरका शिक्षक कर्मचारीहरूले महिनौँदेखिको तलब पाउन सकेका छैनन् । भुसालको सरुवापछि नयाँ प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति कहिले हुने भन्ने बारे प्रस्ट नभइदिँदा पालिकाको दैनिक प्रशासनिक कामकाजमा थप जटिलता उत्पन्न भएको छ ।

यसैबीच, पालिकाभरका कर्मचारी र शिक्षकहरूले तीन महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । तलब अभावले उनीहरू आर्थिक संकटमा परेका छन् भने यसले सेवा प्रवाहमा पनि प्रत्यक्ष असर पारेको छ ।

स्थानीय तहमा समयमै बजेट निकासा नहुनु, प्रशासनिक नेतृत्वको अभाव र समन्वयको कमीलाई तलब वितरणमा ढिलाइको प्रमुख कारणका रूपमा लिइएको छ । नयाँ प्रशासकीय अधिकृत नियुक्त नहुञ्जेलसम्म यो अवस्था थप जटिल बन्ने संकेत देखिएको छ ।

यस्तो छ पालिकामा संकट उत्पन्न हुनुको मुख्य कारण
केही समयअघि पालिकामा कर्मचारी–जनप्रतिनिधिबीच विवाद भएपछि अहिले पालिकामा यस्तो संकट उत्पन्न भएको हो । कर्मचारी सरुवाको विषयलाई लिएर सुरु भएको विवाद तालाबन्दी गर्ने र ताला फोड्नेदेखि लिएर हालसम्मको स्थितिसम्म पुगेको हो । उपप्रमुख चौधरीको नेतृत्वमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले प्रशासन प्रमुख सञ्जीव खड्काको कार्यकक्षमा गत माघ ११ गते तालाबन्दी गरे ।

कर्मचारीलाई दुर्व्यवहार गरेको भन्दै विभिन्न कर्मचारी संगठनले आपत्ति जनाए । उपमहानगर प्रमुख हेमकर्ण पौडेलले ४८ घण्टाभित्र माफी माग्नुपर्ने माग कर्मचारीले राख्दै आएका थिए । विवाद टुंगिएको थिएन । नगर प्रमुख पौडेलको निर्देशनमा इटहरी–६ का वडाध्यक्ष एवम् उपमहानगरका प्रवक्ता दिवस पोखरेलले उपप्रमुखले लगाएको ताला फोडे ।

ताला फोडेपछि विवाद झनै उत्कर्षमा पुग्यो । एमाले जनप्रतिनिधिले सहमति बिना ताला फोडेको भन्दै आक्रोश व्यक्त गरे । त्यसपछि तत्कालीन प्रशासन प्रमुख खड्काको सरुवा भयो । उक्त शाखामा अहिले दीपक पौडेलले काम सुरु गरिसकेका छन् ।

यसअघि गत २८ पुसमा नगर प्रमुख हेमकर्ण पौडेल र प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताको निर्देशनमा तत्कालीन प्रशासन महाशाखा प्रमुख खड्काको हस्ताक्षरमा ७७ जना कर्मचारीको सरुवा गरेका थिए । कर्मचारी सरुवामा मनपरी गरेको र एमालेबाट निर्वाचित जनप्रतिनिधिसँग सल्लाह नगरिएको भन्दै उपप्रमुख चौधरीसहितका जनप्रतिनिधि आक्रोशित थिए । उपप्रमुख चौधरीले सरुवा भएका कर्मचारीको सर्भर डाउन गरी आइडी पासवर्ड डिएक्टिभ गरिएको र त्यसले वडाको काम प्रभावित भएको भन्दै असन्तुष्टि जनाएको बताइन् । “कर्मचारी सरुवा आफैँमा बदनियत तरिकाले गरिएको छ । सरुवा त भयो । तर, सरुवाको बहानामा जनताको काम रोकिने गरी सर्भर बन्द गर्न पाइन्छ र ?” उपप्रमुख चौधरीले भनिन् ।

कर्मचारी सरुवामा पक्षपात गरेको भन्दै माघ ३ गते कार्यवाहक प्रमुख चौधरीको अध्यक्षतामा बसेको बहुमत कार्यपालिका सदस्यको बैठकले निर्णय उल्टाइदियो । उपमहानगर प्रमुख पौडेलले चौधरीलाई कार्यवाहक प्रमुख तोकेर आफू भारत गएका थिए । यसरी विवाद उत्कर्षमा पुगेको हो । हालसम्म पनि यस विषयमा टुंगो लगाउन नसक्दा अहिले पालिकामा ठुलै संकट आइपरेको छ ।

नगर प्रमुख पौडेल काँग्रेसबाट निर्वाचित हुन् । प्रमुख पौडेलले एकलौटी गरेको भन्दै पटक पटक एमाले र काँग्रेसबिच टकराव हुँदा नगरका प्रमुख योजनाहरू लथालिंग त थिए नै, अहिले झनै पालिकामा नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृत नहुँदा सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भएको छ ।

इटहरीको यो संकटले स्थानीय शासन प्रणालीमा नेतृत्व रिक्तताको व्यवस्थापनमा देखिएका कमजोरीलाई उजागर गरेको छ । तत्काल समाधान नभए यो संकटले जनताको विश्वासमाथि थप आघात पुग्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस