सिन्धुपाल्चोक। ढुंगा झिक्ने क्रममा पहिरो झरी एक्स्काभेटर पुरिँदा बेपत्ता भएका चालक मृत फेला परेका छन् ।
जिल्लाको पाँच पोखरी थाङपाल गाउँपालिका-१ बाँसखर्कमा काम गर्ने क्रममा एक्स्काभेटर पुरिएपछि नवलपरासी घर भएका २५ वर्षीय चालक रेशम दराई मंगलबार साझँदेखि सम्पर्कविहीन भएका थिए ।
इलाका प्रहरी कार्यालय मेलम्चीका अनुसार आज दिउँसो अर्को एक्स्काभेटरको सहयोगमा ढुंगा पन्छाउने क्रममा चालक क्षतिग्रस्त एक्स्काभेटरभित्र मृत फेला परेका हुन् । सहचालक मेलम्ची-८ क्यौरानीका १७ वर्षका उमेश गिरीले भने घटना हुँदा भागेर ज्यान बचाएका छन् ।
बा २ क ९०५६ नं को एक्स्काभेटर दुई सय मिटरमाथिबाट झरेको र पूर्ण रूपमा क्षति भएको छ ।